logo
  • Thursday, November 21, 2019
  • वि.सं ५ मंसिर २०७६, बिहीबार

यसरी बनाउनुस साउनको परिकार : मसालेदार खीर | खीर बनाउने तरिका समेत

वि.सं १४ श्रावण २०७६, मंगलवार ०६:४७
Blog single photo

यसरी बनाउनुस साउनको परिकार : मसालेदार खीर | खीर बनाउने तरिका समेत

साउनमा खीरलाई प्रसादको रूपमा प्रयोग गर्नुका साथै व्रत बसेको दिन बेलुका कतिपयले खीर खाने गर्छन्। राम्रो खीर या भनौं मसालेदार खीर बनाउने तरिका सबैलाइ नआउन पनि सक्छ । यस लेखमा हामी स्वादिष्ट मसालेदार खीर बनाउने तरिका सिकाउँदै छौं ।

व्रत बसेको दिन नुन खानु हुन्न भन्ने मान्यता एकथरीमा रहेकाले यस्तो अवस्थामा रात्रिकालीन भोजनको रूपमा खीर उपयुक्त मानिन्छ। खीर हामी सबैलाई मन पर्नेमध्येको परिकार हो।

हामी आफ्नो स्वादअनुसारको खीर कुनै पनि बेला घरमा बनाएर खान सक्छौं। साउनमा त अझ खीरको प्रयोग बढी हुने गर्छ । १४ गते पकाएको खिर राति चन्द्रमा देखीने गरी राखेर भोली पल्ट सेवन गर्ने गरिन्छ ।

आउनुहोस स्वादिष्ट खीर कसरी बनाउने भन्ने विधिको बारेमा जानकारी लिउँ ।

खीर पकाउने आवश्यक सामग्री

  • चामल (बासमती वा ताइचिन): १ कप
  • दुध: १ लिटर
  • चिनी : १ ठुलो चम्चा
  • काजु (टुक्रा पारिएको) : २ सानो चम्चा
  • नरिवल (टुक्रा पारिएका) : २ सानो चम्चा
  • छोकडा (टुक्रा परिएको) : २ सानो चम्चा
  • सुकुमेल : २-३ पिस
  • किसमिस : ६-७ पिस
  • ल्वाङ : २-३ पिस
  • तेजपात : १-२ पत्ता
  • मरिचः स्वाद मनपर्ने भए राख्दा ३-४ दाना राख्न सकिन्छ ।

यो पनि पढ्नुहोस् 

जानी राखाै – यि खानाहरू संगै खाए तत्काल ज्यान जान सक्छ

स्वादिष्ट चिकेन म:म: कसरी बनाउने ? सिक्नुहोस स्वादिष्ट म म बनाउने तरिका

राजमा ग्रेवी बनाउने तरिका, कसरी बनाउने स्वादिलो राजमा ग्रेवी ?

खीर बनाउने तरिका

  • सर्वप्रथम चामललाई केलाएर सफा पार्ने।
  • खीर बनाउन आवश्यक चामललाई पानीले राम्ररी पखाल्ने।
  • चुलोमा मध्यम तापको आगो बाल्ने एक लिटर दुध हालेर डेक्ची बसाल्ने।
  • दुधलाई राम्ररी तात्न दिने।
  • धोएर राखेको चामललाई उम्लिएको दुधमा हाल्ने।
  • मध्यम आगोमा दुध र चामल केही मिनेट पाक्न दिने।
  • यसरी दुधमा चामल छड्किन थालेपछि पूर्वतयारी गरेको काजु, नरिवल, ल्वाङ, सुकुमेल, किसमिस, छोकडाको टुक्रा हाल्ने। चिनी, तेजपात पनि हाल्ने।
  • अब सो चमल र सबै मसला गल्ने गरी सानो आगोमा १२ देखी १५ मिनट पकाउने।
  • यसरी तयार भएको खीरलाई चुलोबाट उतार्ने।
  • अब मनतातो अवस्थामा खीर खाने ।

अथवा १४ गते राती पाकिसकेको खीरलाइ जनावरले नभेट्ने गरी, राम्रोसँग छोपेर सिसाको भाँडामा राखेर छत, छाना वा खुला स्थानमा शित तथा चन्द्रमा पर्ने गरी राखी १५ गते प्रसादको रूपमा ग्रहण गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस् 

अकबरे खुर्सानीको स्वादिष्ट अचार बनाउने तरिका | अकबरे खुर्सानी

कालो मरिचकाे सेवनबाट मिल्छ यस्ताे फाइदा, धेरै राेगकाे हुन्छ उपचार

स्वादिलो गाजरको हलुवा कसरी बनाउने ? सजिलो तरिका सहित

छोयला बनाउने तरिका : मुखै रसाउने परिकार स्वादिष्ट हाकु छोयला




Top