logo
  • Monday, August 19, 2019
  • वि.सं २ भाद्र २०७६, सोमबार

शाहाकारीकाे पहिलाे राेजाइमा पनिर, यसरी बनाउनुहाेस स्वादिष्ट शाही पनिर

वि.सं ११ बैशाख २०७६, बुधबार १८:२०
Blog single photo

शाहाकारीकाे पहिलाे राेजाइमा पनिर, यसरी बनाउनुहाेस स्वादिष्ट शाही पनिर

काठमाडौ : शाकाहारीका लागि पनिर पहिलो रोजाइमा पर्छ । दूधबाट तयार हुने पनिरबाट विभिन्न परिकार बनाउन सकिन्छ । पनिरबाट पालक पनिर, मटर पनिर, शाही पनिर, पनिर मम, पनिर पकौडा लगायत स्वादिष्ट परिकार बनाउन सकिन्छ।

हिजोआज भोजभतेरमा प्रायः पनिरका परिकार छुटेका हुँदैनन्। यो स्वादिष्ट र स्वास्थ्य वर्धकसमेत भएकाले मांसाहारी र शाकाहारी दुवैले मन पराउँछन् । पनिरका जुनसुकै परिकार पनि सजिलैसँग पकाउन सकिन्छ । थोरै मात्र मेहनत गरे पनिरका परिकार आफ्नै भान्सामा तयार गर्न सकिन्छ। पनिर खानैका लागि कुनै होटल वा रेस्टुरेन्ट धाउनु पर्दैन।

 शाही पनिरका लागी आवश्यक सामग्री:

पनिर – ३०० ग्राम

प्याज – २५० ग्राम

काजु – १०० ग्राम

अलैंची – चार टुक्रा

हरियो खुर्सानी – दुईवटा

तेजपत्ता – दुईचार पात

घिउ – ५० ग्राम

लसुन, अदुवाको पेस्ट – ५० ग्राम

दही – १०० ग्राम

मरीचको पाउडर – ५० ग्राम

नुन – स्वादअनुसार

पकाउने विधि;

  • सबैभन्दा पहिले पनिरलाई एउटै आकारमा ससाना टुक्रा पारेर काट्ने।
  • पनिरलाई हल्का रातो हुने गरी तेलमा फ्राई गर्ने।
  • त्यसपछि थोरै पानीमा तेजपत्ता उमालेर रस बनाउने।
  • कराईमा घिउ तातेपछि मसिनो गरी काटिएको प्याज राखेर हल्का खैरो हुने गरी भुट्ने। त्यसमा लसुन र अदुवाको पेस्ट पनि राख्ने।
  • यसलाई दुई मिनेट जति पकाउने।
  • त्यसपछि दही राखेर राम्रोसँग चलाउने। यसलाई फेरि पाँच मिनेट सम्म पकाउने।
  • यसरी पाकेको लेदोमा मरीचको पाउडर, स्वादअनुसार नुन, पनिरको टुक्रा राख्ने।
  • केही बेर पाकिसकेपछि पनिर पस्किने समयमा क्रिम, बदाम, काजुको टुक्रा राखेर सर्भ गर्न सकिन्छ।



Top