logo
  • Monday, January 20, 2020
  • वि.सं ६ माघ २०७६, सोमबार

यु टुवमा कसरी १ हजार सस्क्राइबर र ४ हजार घण्टा भ्यु टाइम पुर्याउने । सरल तरीका

वि.सं ५ माघ २०७४, शुक्रबार १५:४८
यु टुवमा कसरी १ हजार सस्क्राइबर र ४ हजार घण्टा भ्यु टाइम पुर्याउने । सरल तरीका

अघिल्लो बर्ष  April 2017 मा युटुवले युटुवरहरूलाइ ठुलै झट्का दिएको थियो । केही राम्रा बाहेक लहलहैमा युटुबमा कमाइ हुन्छ भनेर भिडियो अपलोड गर्नेहरू तह लगाउन युटुवले १० हजर भ्युजको लक्ष दिएको थियो ।  त्यो केही हद सम्म सफल भए पनि यो वा त्यो गरेर धेरैले १० हजार भ्युज बटुलेका थिए र युटुवबाट पैसा पनि कमाउँदै थिए । र फेरी उस्तै कमसल भिडियोहरू आउने क्रम जारी रह्यो । त्यसलाइ अझै निरूत्साहीत गर्न यही २०१८ जनवरी १६ तारीख देखी फेरी अर्को भुइचालो ल्यायो । जुन अघिल्लो बर्षको भन्दा धेरै ठुलो रेक्टरको छ । अबको २० फेब्रुअरी भित्र १ हजार subscribers र ४ हजार घण्टा Watchtime  पुर्याउनुस अन्यथा तपाइको मोनेटाइजेसन हटाइने छ  भनेर सुचना आइ सकेको छ ।

बच्ने कसरी त ?

यसले खासगरी एक बर्ष भित्रका यु टुवर हरूलाइ समस्या ल्याएको छ । किनकी उनिहरूको १० हजार भ्युज त छ अनि मोनेटाइजेसन पनि सुरू भएको छ । तर १ हजार subscribers छैनन अनि ४ हजार आवर वाच टाइम त परैको कुरा । अघिल्लो बर्ष अप्रिलको १० हजार को धराप त पार गरियो । अब ???? ढुक्क हुनुस तलको लेखमा म तपाइहरूलाइ ५ वटा टिप्स दिन्छु जसले ४ हजार घण्टा वाच टाइम अनि १ हजार subscribers पुराउन मद्दत गर्छ । मेरो आफ्नै पनि अनि तपाइहरूको पनि ।

पहिले जानौ यो के हो त ?

यु टुवमा नराम्रा कन्टेन्टको भरमार भयो । खुला धारो टाइपका छाडा, परिवार सँगै बसेर हेर्न नमिल्ने, गालि गलौज र यसै फेक न्युज, लगायत उसले पनि कमाएको छ म पनि कमाउछु भन्ने हरूले ब्रग्रेल्ती लो क्वालिटिका कन्टेन्ट वाला भिडियो हालेर Ads मार्फत पैसा कमाउन थाले । त्यसले Ads दिनेलाइ राम्रो सन्देश दिएन । सफ्ट पोर्नमा र कपि गरिएका कन्टेन्टमा कसैले आफ्नो बिज्ञापन दिन चाहदैन् त्यस पछी युटुवलाइ प्रेसर थियो त्यस्ता भिडियो कम गराउने र त्यस्ता युटुवरलाइ हटाउने जसको लागि अघिल्लो अप्रिलमा १० हजार भ्युज पछि मात्रै मोनेटाइजेसन दिने निति ल्यायो त्यसपछि कपि गरिएका कन्टेन्ट वालाहरू यु टुव र ओरीजिनल कन्टेन्टवालाले हटाए । युटुव सफा भयो तर १० हजार भ्युज यो वा त्यो तरीकाले ल्याउन सजिलो थियो सबैले ल्याउन थाले अझै पनि लो क्वालिटीको कन्टेन्ट छन तिनलाइ हटाउन हिजो अस्तीको नियम आएको हो । यो नियम नयाँ वा पुरान सबैको लागि आएको हो । अब १ हजार ससक्राइबर पुराउन राम्रै कन्टेन्ट हाल्न पर्यो अनि ४ हजार घण्टा यानेकी २ लाख ४० हजार मिनेट पुर्याउनु पर्यो । यसले याड दिनेलाइ पनि राम्रो कन्टेन्टमा याड दिन पाइयो । अनि हिजो जस्तो पायो त्यस्तै भिडियो कन्टेन्ट हाल्ने पनि अब निरूत्साहित हुन्छन । प्यासन वाला मात्रै रहन्छन चाहे मोनेटाइजेसन नै नहोस ति रहने हरूले राम्रो कन्टेन्ट हाल्छन । हिजो एकलाख प्रतिस्पर्धामा थिए तछाड मछाड थियो अब ५० हजार हुनेछन । त्यसपछि याड पाउने सम्भावना पनि बढ्यो । त्यसकारण कमजोर कन्टेन्ट वाला लाइ बाइबाइ, मेहनती र प्यासनवालाइ हाइ हाइ

हेरौं ५ वटा तरीका

  • MRR

यसमा प्रशान्त जीको पोष्टमा आफ्नो लिंक दिनुस । अनि सबै साथीहरूको युटुवमा म्यानुअल गएर ससक्राइब गर्नुस । अनि कमेन्ट गर्नुस र उहाँलाइ पनि आग्रह गर्नुस आफ्नो च्यानलमा लाइक तथा ससक्राइब गर्न । भातृत्व धर्म निर्बाह गर्नुस ।

https://www.facebook.com/groups/mensroomreloaded/permalink/1672522292795484/

 

  • अन्य युटुव समूहहरू

यस्तै अन्य फेसबुक ग्रुपहरू छन तिनमा पनि जोइन हुनुस अनि अघिको जस्तै साथीकोमा गएर लाइक अनि ससक्राइब गर्नुस

 

  • राम्रो कन्टेन्ट

जथाभावी भिडियो हाल्न बन्द गर्नुस, कपि वाला नहाल्नुस, जेन्युन हाल्नुस । सके सम्म ८ वा १० मिनेट लामो भिडियोमा जोड दिनुस त्यसमा वाच टाइम बढी आउने गर्छ ।

 

  • थोरै अलग गर्नुस

भल्ग तयार गर्नुस , चाहे तपाइको च्यानल म्युजिक होस, टेक्निकल होस, समाचार होस, खाना खजाना होस जे सुकै होस सुरूको वाच टाइम बढाउन बढी चर्चित हुने खालका र हेरेपछी एकछिन हेरी रहँ लाग्ने भिडियो राख्नुस फनि भिडियो, प्य्रांक, जे पनि हुन सक्छ । पहिले यो परिक्षा पार गर्नुस अनि इच्छा अनुसारको च्यानल मा ध्यान दिनुस ।

  • निरन्तरता

निरन्तरता नै सफलताको कडी हो । अहिले एक महिनामा नसकीए पनि प्यासन हुनु पर्यो अर्को महिना अर्को महिनामा जसरी पनि सक्नु हुन्छ ।

लगभग २ मिनेट हेरे भने पनि १ लाख २० हजार भ्युज हो एक बर्षमा । ४ मिनेट हेरे भने ६० हजार भ्युज

हल्का सोच्नेलाइ बाइ बाइ

निरन्तरता दिनेलाइ बधाइ ।



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com