logo
  • Wednesday, January 29, 2020
  • वि.सं १५ माघ २०७६, बुधबार

मुख्यमन्त्री गुरुङ सहितको टोलीद्धारा दक्षिण एसियाकै ठुलो स्याउ फार्मको अवलोकन

वि.सं ११ श्रावण २०७५, शुक्रबार २३:१७
मुख्यमन्त्री गुरुङ सहितको टोलीद्धारा दक्षिण एसियाकै ठुलो स्याउ फार्मको अवलोकन

मुख्यमन्त्री गुरुङ सहितको टोलीद्धारा दक्षिण एसियाकै ठुलो स्याउ फार्मको अवलोकन

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले दक्षिण एसियाकै सबैभन्दा ठूलोे ‘एग्रो मनाङ’ स्याउ फार्मको अवलोकन तथा निरीक्षण गरेका छन् । उक्त स्याउको फार्म पर्यटकीय जिल्ला मनाङको भ्राताङमा रहेको छ ।

मुख्यमन्त्री गुरुङ सहित प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, भूमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री लेखबहादुर थापा, प्रदेश प्रमुख सचिव नारायणप्रसाद विडारी, कृषि सचिव शरदचन्द्र श्रेष्ठ, लमजुङको क्व्होलासोंथर गाउँपालिका उपाध्यक्ष कुमारीमुनी गुरुङ लगायतले स्याउ फार्मको निरीक्षण तथा अवलोकन गरेका हुन् ।

मनाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पोल्देनछोपाङ गुरुङले करीब २० करोड रुपैयाँको लगानीमा स्थापना गरेको स्याउ बगैंचा र संरचनाको मुख्यमन्त्री गुरुङ सहितको टोलीले बुधबार निरीक्षण तथा अवलोकन गरेका हुन् ।

स्याउ फार्मको अवलोकन गर्दै मुख्यमन्त्री गुरुङले भारत र चीनबाट स्याउ ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताए । स्याउ खेतीगर्न मनाङ, मुस्ताङ लगायत प्रदेशका हिमाली जिल्लाका विभिन्न ठाउँका किसानलाई प्रदेश सरकारले सहयोग गर्न तयार गरेको उनले बताए । स्याउ वा अरु कुनै नगदेबालीको खेती गर्ने हो भने आवश्यक कोल्ड स्टोर, बजार व्यवस्थापन, बाटो लगायतमा सरकारले सहयोग गर्ने समेत मुख्यमन्त्री गुरुङले बताए । उनले युवालाई विदेश नगई आफ्नै गाउँमा कृषि गरेर स्वरोजगार बन्दै अरुलाई पनि रोजगारी दिन आग्रह गरे ।

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका १, भ्राताङमा पोल्देन छोपाङ गुरुङले ७ सय ५० रोपनी क्षेत्रमा स्याउ खेती गर्दै आएका छन् ।सो क्षेक्रफलमध्ये ४ सय ५० रोपनीमा लगाइएको स्याउले फल दिन थालेको छ । अरु बाँकी क्षेक्रफलमा समेत स्याउ लगाउँने तयारी भएको बताईएको छ ।

गुरुङले ४ बर्षअघि इटली र सर्भियाबाट गाला, गोल्डेन र फुजी जातका विरुवा ल्याएर स्याउ खेती सुरु गरेका हुन् । दक्षिण एसियाकै सबैभन्दा ठूलो स्याउ फार्म स्थापना गरी हाइब्रिड जातका स्याउ खेती गरेको उनले बताए । उनले नेपालमा बार्षीक करीब १५ अर्ब रुपैयाँको स्याउ भारत र चीनबाट नेपाल भित्रिने गरेको भन्दै स्याउमा आत्मनिर्भर बन्न आफूले स्याउ खेती थालेको बताए । मनाङमा गतबर्ष ९१० मेट्रिकटन स्याउ उत्पादन भएको थियो । हिमाली जिल्ला मनाङमा स्याउ खेती राम्रो हुने गरेको छ ।



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com