logo
  • Tuesday, January 28, 2020
  • वि.सं १४ माघ २०७६, मंगलवार

एचआइभी संक्रमित गोपाल सगरमाथाको चुचुरो चुम्दै विश्व किर्तिमान राख्न सफल

वि.सं ८ जेष्ठ २०७६, बुधबार १७:३३
एचआइभी संक्रमित गोपाल सगरमाथाको चुचुरो चुम्दै विश्व किर्तिमान राख्न सफल

एचआइभी संक्रमित गोपाल सगरमाथाको चुचुरो चुम्दै विश्व किर्तिमान राख्न सफल

काठमाडौ : एचआइभी संक्रमित पोखराका गोपाल श्रेष्ठले विश्वकै सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तीमान बनाएका छन् । एआइभी संक्रमित ब्यक्तिले सगरमाथाको सफल आरोहण गरेको यो नै पहिलो हो ।

उनले सगरमाथाकाे सफल आरोहण गरेर एचआइभी संक्रमित लगाएत सम्पुर्ण शरिरीक दिर्घकालिन राेगीहरूलाइ स्वास्थ्य भन्दा ठुलाे आत्माविश्वास र दृढताले सफल हुन सकिन्छ भन्ने अभिप्रेरणा दिन सफल भभएका छन

पोखरा ७ का श्रेष्ठले आज(बुधबार) सर्वाेच्च शिखर सगरमाथाको चुचुरोमा पाइला राखेर नयाँ इतिहास रचेका हुन् । डेढ महिनाको समय लगाएर उनले सगरमाथाको सफल आरोहण गरेका हुन् । बुधबार विहान ७ : ३० बजे सगरमाथा चुचुरोमा गोपाल सहितको ६ जनाको टोली सगरमाथाको चुचुरोमा पुगेको स्टेप अप क्याम्पीयन अभियानकी अभियान्ता जमुना शर्माले सगरमाथा बेस्क्याम्पमा रहेका सरकारी सम्पर्क अधिकारी ज्ञानेन्द्र देउजालाई उदृत गर्दै जानकारी दिईन् ।

श्रेष्ठले ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशनका फूर्वा तेन्जीङ शेर्पाको नेतृत्वमा सगरमाथा आरोहण गरेका हुन । विश्वभर छरिएर रहेका एचआईभी संक्रमितहरुको प्रतिनिधित्व गर्दै ‘स्टेप अप क्याम्पियन’ अभियान मार्फत सन् २०१५ मा सगरमाथा चढ्ने प्रयास गरेका गोपाल विनाशकारी महाभूकम्पका कारण त्यसबेला सफल भएका थिएनन् ।

एचआईभी र एड्ससँग सम्बन्धीत भेदभावको अन्त्य गर्ने उद्देश्यले सगरमाथा चढ्ने उनको पहिलो प्रयास विफल भएपनि यसपाली भने उनी सफल भए । ‘अभियानले मूलतः मानिसको प्रेरणासँग दाँजेको हुन्छ,’ स्टेप अप क्याम्पियनका संयोजक पदमराज पहारीले त्यसबेला भनेका थिए, ‘संक्रमित भएपनि सम्पूर्ण रुपमा आफू अन्य मानिसहरु सरह सक्षम रही राष्ट्रको नाम उच्च राख्ने गोपाललाई हामी साथ दिन्छौं ।’

एचआइभी सङ्क्रमित श्रेष्ठले सगरमाथाको आरोहण गर्ने

हामीलाई युट्युबमा यहाँबाट हेर्नुहोस



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com