logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

मौसमको खराबीले काभ्रेका धानखेतमै सात हेलिकप्टर आकस्मिक अवतरण

स्टिम न्युज वि.सं ३१ भाद्र २०७६, मंगलवार १३:५४
Blog single photo

बनेपा। मौसमको खराबीका कारण  सात हेलिकप्टर काभ्रेपलाञ्चोकको पाँचखाल र नेपालथोकमा आकस्मिक अवतरण गरिएको छ ।जसमा लुक्लाबाट काठमाडौँ उडेका चार हेलिकप्टर रहेका छन् भने अन्य स्थानबाट आएका हेलिकप्टर ३ वटा रहेका छन् ।

त्रिभुवन विमानस्थलले तीन किलोमिटर मात्र भिजिबिलिटी भएकोले अवतरण गर्न नसकिने जानकार दिएपछि मनाङ्ग एयर, सिम्रिक, कस्मिक एयरका हेलिकप्टरहरु धानखेतमै आकस्मिक अवतरण गर्नु परेको हो ।

अवतरण गरिएका हेलिकप्टर मध्ये मनाङ्ग एयरका २ वटा हेलिकप्टरमा ५-५ विदेशी यात्रु, सिम्रिकका एक हेलिकप्टरमा पनि ५ यात्रु विदेशी यात्रु र कैलाशको एक हेलिकप्टरमा २ यात्रु विदेशी यात्रु रहेको खुल्न आएको छ ।

अन्य हेलिकप्टर र त्यहाँ रेहका यात्रुबारे विस्तृत जानकारी आउन बाँकी रहेको छ ।




Top