logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

रूपन्देहिको सैनामैनामा हाईस दुर्घटनाहुँदा एकजनाको मृत्यु : ४ घाइते

वि.सं ३० असार २०७६, सोमबार २३:००
Blog single photo

रूपन्देहिको सैनामैनामा हाईस दुर्घटनाहुँदा एकजनाको मृत्यु : ४ घाइते

रुपन्देहीको सैनामैना वडा न.१ बनकटटामा यात्रु वहाक हाईस दुर्घटना हुदाँ एक जनाको मृत्यू भएको छ भने ४ घाइते भएका छन।

पुर्व पश्चिम राजमार्ग अन्र्तगत बुटवलबाट अर्घाखाँची तर्फ जादै गरेको हाईस वर्षाका कारण चिप्लीएर बाटोबाट अनियन्त्रीत भई दुर्घटना भएको इलाका प्रहरीका कार्यालय रन्यौराका प्रहरी नायव निरिक्षक बाबुराम घिमिरेले जानकारी दिए ।

देउराली यातायात अर्घाखाँचि प्रा लि द्वारा सञ्चालित बा ४ ख ६६८२नंमबरको हाईस रूपन्देहिको सैनामैना मा दुर्घटनाहुँदा उक्त गाडिमा सबार ५जना यात्रु मध्ये १ जानाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा अन्य यात्रु सामान्य घाईते भएका छन। सामान्य घाइतेहरुको बुटवलमा उपचार भइ रहेको छ ।

मृत्यू हुनेमा अर्घाखाँचीका अन्दाजी ५८ वर्षीय राम बहादुर रायमाझिको मृत्यू भएको प्रहरीले जनाएको छ । प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान भइरहेको बताएको छ ।




Top