logo
  • Saturday, October 23, 2021
  • वि.सं ६ कार्तिक २०७८, शनिबार

कृषिमा डिजीटलाईजेसन: किसानको साथी बन्न आयो हाटबजार एप

स्टिम न्युज वि.सं २२ चैत्र २०७७, आईतवार २२:५८
कृषिमा डिजीटलाईजेसन: किसानको साथी बन्न आयो हाटबजार एप

Spread the love

काठमाडौं: कृषि प्रधान देश नेपालमा कृषकका अनेकौ समस्याका समाचारहरु बन्छन्। कहिले बजार पाउदैनन् त कहिले उचित मूल्य। कहि बिचौलियाले हैरान पारेका खबरहरु आउछन्।

अनेकौ समस्या झेलेर पनि कृषि पेशामा आबद्द किसानहरुलाई अब भने केही सहज हुने भएको छ। ट्राभहिल प्रा. ली. नामक एक कम्पनीले  किसान र उपभोक्ता बिच सहज र सरल व्यापार ब्यबसायको लागि हाट बजार एपको विकास गरि सार्वजनिक गरेको छ।

 

शनिबार एक प्रेस बिज्ञप्ती जारी गर्दै कम्पनीले उक्त एप सार्वजनिक गरेको हो। हात हातमा हुने मोबाइल वाट निशुल्क रुपमा क्रेता र बिक्रेतालाई जोड्न मोबाइल एप “हाट बजार (Hat Bazar)” विकास गरेको कम्पनीले जनाएको छ।

उक्त एपमा किसान तथा बिक्रेताले आफ्नो सामानको मूल्य आफै तोकी त्यसको विवरणहरू फोटो, मूल्य, स्थान, सामानको गुणहरू, डेलिभेरी सुविधा आदि खुलाई एपमा प्रचार गर्न सक्ने र क्रेताले आफूलाई आवश्यक गुणस्तर हेरेर, मोलमोलाइ गरेर सिधा किसानबाटै खरिद गर्न सक्ने कम्पनीले बताएको छ।

किसानहरूले आफ्नो उत्पादनहरु धान, मकै, गहुँ, तरकारी, फलफूल, मरमसला, मासु, पशु पन्छी, माछा, बिउ, घरेलु उत्पादन, नर्सरी, कृषि सामाग्री र खेतीको लागी जग्गा भाडामा लिन दिन परेमा उक्त एप मार्फत निशुल्क रुपमा गर्न सक्ने कम्पनीले बिज्ञप्ती मार्फत जनाएको छ ।

एपमा बिक्रीका लागि राखिएको सामानको बारेमा एपले हाट बजार एप प्रयोग कर्ताहरूलाई ‘तुरुन्त नोटिफिकेशन दिने गर्छ जसले कृषकको सामान छिटो बेच्न मद्दत पुग्ने कम्पनीको बिश्वास छ ।

हाट बजार एपको प्रयोग कर्ताहरुले आफूलाई चाहिएको सामानहरू आव्हान गर्न सक्नेछन्। उपभोक्तालाई चाहिने र कृषकको बिक्री गर्नुपर्ने सामान एकै ठाउमा हुनेहुदा कृषक र उपभोक्ता बिच उक्त एप मार्फत सिधा सम्पर्क हुनेछ।

हाट बजार एपमार्फत किन्ने र बेच्नेहरु नै एक आपसमा सिधै सम्पर्क गरेर कारोवार गर्ने सक्ने, गुणस्तर र मूल्य आफैले तय गरेर पूर्ण भरोसाका साथ लेन देन गर्न सक्ने र लेनदेन गर्दा बिचमा कसैलाई कमिसन पनि दिन नपर्ने पनि बताइएको छ।

यस एपमा भएको सामानहरू फिल्टर गरेर हेर्न मिल्ने, बिक्री भएको सामान हटाउन मिल्ने, विक्रेताको प्रोफायल बनाउन मिल्ने, कृषि सम्बन्धि समाचार पढ्न, भिडीयोहरु हेर्न, एफ एमहरु सुन्न र सोसियल मिडीयामा पनि शेयर गर्न सकिने जस्ता फिचर हरु राखिएका छन् ।

कृषिमा डिजिटलाइजेसन हुनु पर्छ भनेर हामीले यसको सुरूवात गरेको हौ। कृषिमा डिजीटलाईजेसन सँगै किसानको समस्या समाधान पनि हुने देखेर यसलाइ अझ सरल र प्रयोगकर्ता मैत्री बनाएका हाट बजार एपका प्रवक्ता सुजल श्रेष्ठले बताए।

श्रेष्ठले भने ‘हामीले उत्पादनमात्र गर्नु पर्ने रहेछ, तुरुन्त बिक्री हुन्छ’ भन्ने विश्वास यूवामा पर्न गएमा स्वदेशमा नै रोजगार बढ्ने सम्भावना हुन्छ, भनेर हाललाई सामाजिक उत्तर दायीत्व प्रडक्टको रुपमा लिएको छौ।हाल यो एप एन्ड्रोएडआईओएस दुवै प्लेटफर्ममा उपलव्ध भएको र निशुल्क प्रयोग गर्न सकिने समेत उनले बताए।



Loading...
loading...

Top
Social Media Auto Publish Powered By : XYZScripts.com