logo
  • Sunday, September 27, 2020
  • वि.सं ११ आश्विन २०७७, आईतवार

हामी कता जाँदैछौँ ?

गोर्खाली काईला वि.सं १३ भाद्र २०७७, शनिबार १०:३१
हामी कता जाँदैछौँ ?

स्वस्थकर्मीलाइ छि:छि गर्छौँ , प्रहरीलाइ ढुङ्गामुढा
हाम्रा अास्था बुबाआमा बृद्दआश्रममा रुन्छन् बुढा
धर्म सँस्कृतिलाई छाडी अत्याधुनिक र सभ्य भयौँ
सबै नक्कल गरेपछि सम्झौँ हामी खै कहाँ पो रह्यौँ ?

के हो? असल के हो? खराब सत्य झुट एकै भए
हाम्रा राम्रा सामाजिक सँस्कृति चाहिँ खै कता गए?
बाजे बज्यै आमा बुबा पति सम्मान खै कहाँ गए?
बुबालाइ छोराको डर सासुलाइ चाहिँ बहुका भय।

सद्भाव सारा प्रदेश हिँडे मानवता को विउनै म-यो
स्वार्थ पुरा गर्ने भाँडले समाज बिखण्डित नै गरे
नारीलाइ भड्काइ दिए परिवारिक तहस – नहस
जातिय सद्भभाव भड्क्यो अनावस्य चल्यो वहस।

रक्षक स्वयँ भक्षक भए कस्को ? भरमा पर्ने अव
समस्या छ विश्व भरनै समाधान चाहिँ खै के कब ?
धन सम्पती घर जग्गा थुपार्नै छन् तल्लिन कति?
कैयौँलाइ साँझ विहान हातमुख जोड्ने पीडाअति।

सयौँ विघा जमिन दसौँ घर सम्पती जति हओस्
जानेवेला खाली हात हो सबैलाइ हेक्का रहोस्
सार्वजनिक जमिनमा हो हाम्रा अन्तिम बासहरु
गगन चुम्वी नीजी घरमा राखिन्न कहिँ लासहरु।

आउँदा नाङ्गै हो जाँदा रित्तो बाँचुन्जेल लुछाचुँडी
कति घिच्छौ हाम्रा शाशक अजिङ्गर झैँ तिम्रा भुँडी
तनाव मुक्त रहौँ भरसक जीवन हाँसिखुशि विताऊँ
सक्ने राम्रो गरौँ सगाऔँ नसके नि राम्रो चिताऊँ ।

रिस डाह गुन्डागर्दी हत्या अपराध छ मानिस वीच
अपहरण यौन दुराचार लुटपाट दैनिक गर्छन् नीच
असामाजिक व्यावहारले समाजआज विछिप्त भो
हाम्रा सन्तान कस्ता होलान कता हाम्रो जाने बाटो?

लेखक:ऋषीराम लामिछाने(गोर्खाली काईला)



Loading...
loading...

Top