चलचित्र ’हजार जुनीसम्म’को आइटम गित ‘सुकुटी साँधन साउनी’ सार्वजनिक( भिडियो सहित)

0
Advertisement

चलचित्र ’हजार जुनीसम्म’को आइटम गित ‘सुकुटी साँधन साउनी’ सार्वजनिक( भिडियो सहित)

काठमाडौं: चलचित्र ’हजार जुनीसम्म’ को आइटम गीत ‘सुकुटी साँधन साउनी’ सार्वजनिक भएको छ । सार्वजनिक भएको यस गीतमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र फिल्मका मुख्य अभिनेता आर्यन सिग्देलको पनि डान्स रहेको छ । दीपाश्रीले भट्टीकी साहुनीको भूमिका निभाएकी छिन् र आर्यनका साथै स्वस्तिमा खड्का, अखिलेस प्रधान, शिवहरी पौडेलले उनलाई साथ दिएका छन् ।

बसन्त सापकोटाको शब्द तथा संगीत रहेको ‘आज नगद भोली उधारो’ बोलको गीतमा प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको यस गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । फिल्म ‘हजार जुनी सम्म’को कथा विशाल चाम्लिङ्गले लेखेका हुन् भने निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाले मिलेर पटकथा तथा संवाद तयार पारेका हुन् ।

चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुइटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, प्रियंका कार्की, शिवहरि पौडेल, अनुभव रेग्मी र अखिलेष प्रधान लगायतका कलाकारहरुको अभिनय रहेको छ । साउन ३० मा रिलिज हुन लागेको बहुबाली अभिनेता प्रभासको बलिउड चलचित्र ‘साहो’को कारणले ‘हजार जुनी सम्म’को प्रदर्शन मितिलाई एक साता पछि सारिएको छ ।

यो चलचित्रले एक साता पछाडी सर्दै भदौ ६ मा प्रदर्शन हुने तय भएको छ । अब भने यो फिल्म बक्स अफिसमा अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका भएको मार्सल आर्ट्स कथामा आधारित फिल्म ‘जाइरा’सँग भिडन्त हुने पक्का भएको छ ।

Facebook Comments

Advertisement