राष्ट्रपतिको आदेशमा टर्कीको केन्द्रीय बैंकका गभर्नर बर्खास्त

0
टर्कीको केन्द्रीय बैंकका गभर्नर
Advertisement

राष्ट्रपतिको आदेशमा टर्कीको केन्द्रीय बैंकका गभर्नर बर्खास्त

अङ्कारा: टर्कको केन्द्रीय बैंकका गभर्नर मुरत सेतिन्कायलाई त्यहाँको राष्ट्रपतिको कार्यालयले वर्खास्त गरेको छ। शनिबार राजपत्रमा सेतिन्कायलाई बर्खास्त गरेको राष्ट्रपतीय घोषणा सार्वजनिक भएको हो।

सन् २०१६ मा गभर्नरको जिम्मेवारी पाएका सेतिन्कायको बर्खास्ती पछी डेपुटी गभर्नरका रूपमा कार्यभार सम्हाल्दै आएका मुरत यूसालाई गभर्नरको जिम्मेवारी दिइएको छ।सेतिन्कायलाई किन हटाइएको भन्नेबारे पत्रमा कुनै कारण उल्लेख गरिएको छैन ।

सरकारले गरेको व्याजदर कटौतिका प्रस्तावमा सेतिन्कायले नमानेपछि सरकार र बैंकबीचको विवाद बाहिरिएको थियो। बिबाद संगै सेतिन्कायलाई हटाउने हल्लाहरू भने नागरिक स्तरमा नै चर्चा भएका थिए ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बैंकलाई उच्च ब्याजदर घटाउन पटक पटक निर्देशन दिएपनि सेन्तिकायले प्राविधिक समस्या देखाउँदै परिवर्तन गर्न आनाकानी गर्दै आउनुभएको थियो ।
राष्ट्रपतिले उच्च ब्याजदरलाई ‘सबै दुर्जनहरूको अविभावक’ को सज्ञा दिँदै आउनुभएको थियो ।

गत अगस्टमा टर्कीको मुद्रामा देखिएको सङ्कटसँगै आधार विन्दुबाट ६२५ अङ्क वृद्धि गर्दै ब्याजदरलाई २४ प्रतिशत पु¥याउनुभएको थियो । सेतिन्कायले ब्याजदर वृद्धिलाई निर्विकल्प उपाय बताउँदै आउनुभएको थियो । नवघोषित गभर्नरले आफूले मौद्रिक नीतिमा आधारित भएर ‘स्वतन्त्र’ रूपमा काम गर्ने, मूल्यको स्थिरता प्रत्याभूत गर्नु आफ्नो प्रमुख लक्ष्य रहने बताउनुभएको केन्द्रीय बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ कार्यक्रमबारे उहाँले आगामी दिनमा छिट्टै पत्रकार सम्मेलन गरी जानकारी दिने पनि बैंकद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।

टर्कीको मुद्रास्फीति दर मे महिनामा १८.७१ रहेकोमा जुनमा १५.७२ कायम भएको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कहरूमा उल्लेख छ । उक्त दर यस बर्षको शुरूदेखि अहिलेसम्मकै सवैभन्दा निम्न दर हो

Facebook Comments

Advertisement