logo
  • Monday, December 16, 2019
  • वि.सं ३० मंसिर २०७६, सोमबार

गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको चार वटा स्काभेटरमा आगजनी

स्टिम न्युज वि.सं १५ मंसिर २०७६, आईतवार १४:२४
Blog single photo

खोटाङ: मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुर दिक्तेल सडक खण्ड मर्मत तथा पिच भइरहेको स्थानमा नै अज्ञात समूहले चार वटा स्काभेटरमा आगजनी गरेका छन् ।

गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको चार वटा स्काभेटरमा आगजनी भएको हो । प्रोजेक्ट म्यानेजर इन्जिनियर हिमाल पौडेलले आईतबार राती अज्ञात समूहले लम्सेखोला र पंखु खोलाको बिच भागमा राखेको ३ वटा र चखेवाभन्दा केही मुनि सडक निर्माणस्थलमा रहेको एउटा स्काभेटर अज्ञात समूहले आगजनी गरेको जानकारी दिएका छन ।

राती १० बजेसम्म पिचको काम गरिहेको अवस्थामा छाडेर गएपछि आगजनी गरिएको उनले जानकारी दिए । स्काभेटर आगजनी भएको स्थानमा प्रहरी पुगेको छ । खोटाङमा विप्लव समूहले हरेक सरकारी कर्मचारीलाई महिनाको कम्तिमा २ दिनको तलब र निर्माण व्यवसायीलाई २ प्रतिशत चन्दा बुझाउन ताकेता गर्दै आएका थिए । प्रशासनले स्काभेटरमा विप्लव समूहको नै संलग्नता रहन सक्ने आशंका गरेको छ ।

स्काभेटर आगजनीबाट चार करोडको क्षति भएको छ भने निर्माण व्यवसायी त्रसित बनेका छन् । स्काभेटरमा आगजनी भएसँगै सडक मर्मत तथा पिचको काम समयमा सम्पन्न नहुने खतरा समेत बढेर गएको छ ।




Top