logo
  • Monday, August 19, 2019
  • वि.सं २ भाद्र २०७६, सोमबार

कसले जित्ला गोल्डेन बुट ? ५ पटकका बिजेता मेस्सिको सामु एमबाप्पेको चुनौती

वि.सं ५ जेष्ठ २०७६, आईतवार १९:१६
Blog single photo

कसले जित्ला गोल्डेन बुट ? ५ पटकका बिजेता मेस्सिको सामु एमबाप्पेको चुनौती

यो वर्षको लिग सिजन समाप्त हुनै लाग्दा  गोल्डेन बुटका लागि प्रतिस्पर्धा रोचक बन्दै गएको छ।

यतिखेर गोल्डेन बुटका लागि मेस्सी र एमबाप्पे बीच तिब्र प्रतिस्पर्धी देखिएको छ ।

मेस्सीले हालसम्म ३४ गोल गरेर ६८ अंक बटुलेका छन्ए भने उनलाई पछ्याइरहेका एमबाप्पेले ३२ गोलसहित ६४ अंक जोडेका छन् ।

ला लिगामा मेस्सीको लागि अब एकमात्र खेल खेल्न बाँकी छ भने मेस्सीभन्दा २ गोलले मात्र पछि रहेका एमबाप्पेले पनि अब लिग वानमा केवल एकमात्र खेल खेल्न बाँकी छ ।

बार्सिलोना र एइबर बिचको खेल आज राति ८ बजे हुँदैछ, मेस्सीको लागि यो खेल यो सिजनको अन्तिम खेल हो ।

त्यस्तै २ गोलले पछि परेका एमबाप्पे आगामी शनिबार लिग वानमा स्टेड रेम्सविरुद्धको खेलमा मैदान उत्रनेछन् ।

उनले मेस्सीलाई उछिन्दै गोल्डेन बुट जित्नको लागि हालको नतिजा अनुसार पनि आफ्नो अन्तिम खेलमा २ गोलभन्दा बढी गोल गर्नुपर्ने हुन्छ । यदी मेस्सीले आज गोल गरे एमबाप्पेले सोही अनुसारको गोलअन्तर बढाउँदै लानु पर्ने अवस्था छ ।

५ पटकका किर्तिमानी युरोपियन गोल्डेन बुट विजेता मेस्सीले आफ्नो छैठौं गोल्डेन बुट उपाधि सुनिश्चित गर्न सक्नेछन् कि छैनन् त्यसको लागि यो हप्तासम्म धैर्य गर्नैपर्ने हुन्छ ।

एजेन्सी

Top