logo
  • Wednesday, September 30, 2020
  • वि.सं १४ आश्विन २०७७, बुधबार

सुनको मूल्य एकलाखबाट ओरालो लाग्यो

स्टिम न्युज वि.सं २८ श्रावण २०७७, बुधबार १२:०४
सुनको मूल्य एकलाखबाट ओरालो लाग्यो

काठमाडौँ: निरन्तर उकालो लागिरहेको सुनको भाउ बुधबार भने ह्वात्तै घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ ६ हजार २ सय रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार भने ९५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै बुधबार तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी बुधबार चाँदीको भाउ पनि प्रतितोला २ सय २५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय १० कायम भएको छ । मंगलबार नेपाली बजारमा चाँदीको बजारमूल्य एक हजार ४ सय ३५ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएसँगै नेपालमा पनि भाउ घटेको महासंघले बताएको छ ।



Loading...
loading...

Top