logo
  • Tuesday, August 4, 2020
  • वि.सं २० श्रावण २०७७, मंगलवार

सुनको मुल्य एकलाख नजिक, तोलामा ७०० रुपैया बढ्यो

स्टिम न्युज वि.सं १३ श्रावण २०७७, मंगलवार ११:४८
सुनको मुल्य एकलाख नजिक, तोलामा ७०० रुपैया बढ्यो

काठमाडौं । सुनको मूल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य बढेर तोलामा ९८ हजार २०० रुपैयाँ पुगेको छ ।

सोमबार तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँ बढेको महासङ्घले जनाएको छ । आज तेजावी सुन तोलामा ९७ हजार ७६० रुपैयाँमा कारोबार भएका छ ।

त्यस्तै चाँदी आज तोलामा ३५ रुपैयाँ बढेर तोलाको १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



Loading...
loading...

Top