logo
  • Wednesday, February 19, 2020
  • वि.सं ७ फाल्गुन २०७६, बुधबार

घरेलु मदिराको ट्याङ्कीमा डुबेर ५ जनाको मृत्यु

स्टिम न्युज वि.सं १६ आश्विन २०७६, बिहीबार १३:२९
घरेलु मदिराको ट्याङ्कीमा डुबेर ५ जनाको मृत्यु

बारा । अवैध घरेलु मदिरा उत्पादन गर्न बनाइएको घरभित्रको टयाङ्कीमा परेर एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको छ।  बारा जिल्लाको फेटा गाँउपालिका ४ बतरा गाँउका जोगा मुखिया बिनको घरभित्र बनाइएको ट्याङकीभित्र मुखियासहित पाँचजना डुबेर मृत्यु भएको हो।

डुबेर मृत्यु हुनेहरुमा ४० वर्षीय मुखिया बिन, उनकी श्रीमति ३७ वर्षीया वर्षीया लालमुनि देवी, छोरी १० वर्षीया सुमनी कुमारी, जोगाका भाइ ३५ वर्षीय महेन्द्र मुखिया बिन र मदिरा भट्टीमा काम गर्ने भारतको बहुकठवाका ५५ वर्षीय गुलाबचन्द मुसहर रहेका छन्।

घरेलु रक्सी उत्पादनका लागि घरभित्रै बनाइएको टयाङ्कीमा बुधबार बेलुकी साढे ७ बजेतिर गुलाब चन्द पसेका थिए। टयाङ्कीभित्र पसेका गुलाब चन्द, बाहिर ननिस्किएपछि उनलाई हेर्न टयाङ्कीभित्र पालै पालो पसेका घरमुली जोगासहित चार जनाको पनि मृत्यु भएको हो। जोगा मुखियाको घरमा लामै समयदेखि अवैध रुपमा घरेलु मदिरा उत्पादन हुँदै आएको थियो।



Loading...
loading...

Top