logo
  • Sunday, December 15, 2019
  • वि.सं २९ मंसिर २०७६, आईतवार

चलचित्र “घर” आज बाट नेपाली सिनेघरमा, तर्सिएलान् त दर्शक?

वि.सं ३ श्रावण २०७६, शुक्रबार १४:४०
Blog single photo

चलचित्र “घर” आज बाट नेपाली सिनेघरमा, तर्सिएलान् त दर्शक?

काठमाडौं। हरर कथामा आधारित चलचित्र घर आजबाट साउन ३ गतेबाट नेपाली सिनेघरमा प्रदर्शनमा आएको छ।

गत वर्ष हरर फिल्म ‘सुनकेसरी’ निर्देशन गरेका अभिनेता तथा निर्देशक अर्पण थापाको यस चलचित्रको पनि निर्देशन गरेका छन्।

निर्देशक थापाले निर्देशन गरेको तिन वटा चलचित्र लगातार फ्लप छन् । चलचित्र सुनकेसरीले दर्शकलाई तर्साउन नसकेपनि यस चलचित्रले तर्साउने आशा गरिएको छ । निर्देशक थापाले ठुलो जोखिम मोलेर चलचित्र घरको निर्देशन गरेका छन् ।

मान्छेको सबैभन्दा सुरक्षित स्थान घर, तर त्यही आनन्दको जीवन बिताइरहेको सुरक्षित स्थानमा मान्छेले असुरक्षित र डरको आभास गर्‍यो वा हामी आफ्नै घरमा तर्सियौं भने के कस्तो हुन्छ भन्ने असामान्य अनि अनौठो कथा देखाइएको छ ।

शर्मिला पाण्डेलले निर्माण गरेको यस फिल्ममा अर्पण र सुरक्षाका साथ अभिनेत्री बेनिशा हमाल, अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको लगायत कलाकारहरुको प्रमुख भूमिका रहेको छ ।

श्रीमान्–श्रीमतीले भर्खर सस्तोमा किनेको नयाँ घरमा सरेपछि भुतप्रेतसँग भोगेको कथालाई फिल्ममा देखाइएको छ ।फिल्ममा अर्पणको मुख्य भूमिका रहेको छ भने अभिनेत्री सुरक्षा पन्तले अर्पणको श्रीमतीको भूमिका निभाएकी छन् ।

फिल्ममा शर्मिला पाण्डे र दीपेन्द्र के खनाल निर्मातामा छन् । नेपालमा हरर फिल्म रुचाउने दर्शकको संख्या ठूलो भएपनि नेपालमा हरर जनराका फिल्महरु आवश्यक प्रविधि र बजेटका कारण कमै मात्र बन्छ ।




Top