logo
  • Saturday, December 14, 2019
  • वि.सं २८ मंसिर २०७६, शनिबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माणकार्य मंगलबारबाट पुनः शुरु हुने

वि.सं ६ श्रावण २०७६, सोमबार १६:०२
Blog single photo

 

भरतपुर महानगरपालिका–१५ रामपुरमा रङ्गशाला निर्माण थालिएको रंगशाला निर्माणको कार्य जेठ १५ देखि रोकिएको थियो।  बाटो फराकिलो बनाउनुपर्ने भन्दै स्थानीयवासीले कच्चीबार भत्काएपछि निर्माण कार्य रोकिएको थियो ।

फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल “ध्रुर्मुश”ले मङ्गलबारबाट काम शुरु गर्न लागिएको जानकारी दिएका छन्। निर्माण सुरु गर्ने भएपछी घुर्मुश चितवन पुगीसकेको र फाउण्डेसनका कर्मचारी आज चितवन पुग्नेछन् ।

रङ्गशाला निर्माण सहयोग समितिका पदाधिकारीसँगको सोमबारको छलफलपछि काम शुरु गर्ने सहमति भएको फाउन्डेसनका अध्यक्ष समेत रहेका कट्टेलले जानकारी दिए ।

बैठकमा उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, निजामती कर्मचारीलगायत जो जसले जेजति रकम रङ्गशालाका लागि बोलकवल र सङ्कलन गरेको छ, यथाशीघ्र फाउण्डेसनलाई हस्तान्तरण गरिने सहमति भएको समितिका संयोजक एबम जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताए। सातवटै पालिकामा चार दिनभित्र सहयोग समिति गठन गरी नयाँ ऊर्जाका साथ कामलाई अघि बढाउने सहमति भएको समेत उनले जानकारी दिए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मङ्गलबारबाट फाउण्डेसनले काम अघि बढाउने भन्दै सबैलाई सहयोगका लागि आग्रह गरेकी छिन । रङ्गशला निर्माणका लागि वातावरण बनिसकेको भन्दै उनले वर्षात्को समयमा गर्न मिल्ने काम अघि बढाइने बताए।

फाउण्डेसनका अध्यक्ष कट्टेलले विस्तृत अध्ययन प्रतिवेदनको काम जहाँ पुगेको छ, आजैबाट त्यो अघि बढ्ने जानकारी दिँदै रङ्गशालाको निर्माणस्थलको काम पनि अघि बढाइने बताए।

बार, मैदान व्यवस्थापन र आवश्यक संरचना निर्माणका काम अघि बढाइने उहाँको भनाइ छ । रङ्गशाला निर्माणका लागि रु ६ करोड ५० लाख बोलकवल भएको भए पनि हालसम्म सबै रकम सङ्कलन भइसकेको छैन । फाउण्डेसनले दुवई र मलेसियामा आर्थिक सहयोगका लागि रकम सङ्कलन गर्न कार्यक्रम गरिसकेको छ ।

काम शुरु भएसँगै अन्य देशमा पनि आर्थिक सहयोगका लागि कार्यक्रम शुरु गरिने उहाँले जानकारी दिनुभयो । झण्डैं रु तीन अर्ब लगानी गरेर रङ्गशाला निर्माण गर्न लागिएको हो । भरतपुर महानगरपालिकाको पहलमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले चर्चेको त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गा रङ्गशाला निर्माणका लागि छुट्याएको छ । – रासस




Top