logo
  • Sunday, February 23, 2020
  • वि.सं ११ फाल्गुन २०७६, आईतवार

बिदेशिन बाध्य युवाहरुको पिडामा आधारित “गाउँ छोडी आईयो” बोलको गीत सार्वजनिक

स्टिम न्युज वि.सं १८ माघ २०७६, शनिबार ०६:२८
बिदेशिन बाध्य युवाहरुको पिडामा आधारित “गाउँ छोडी आईयो” बोलको गीत सार्वजनिक

काठमाडौं। बेरोजगारीले निम्त्याएको बिकराल परिस्थिति कारणले बिदेशिन बाध्य युवाहरुको पिडामा आधारित एक बियोगान्त गीतको भिडियो सार्वजनिक भएको छ ।

कमाउँनलाई बिदेशमा जाँदा ज्यान गुमाएका युवाको कथामा “गाउँ छोडी आईयो” बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा खगेन्द्र माबो लिम्बुको शब्द तथा राम कुमार दराईको शब्द सम्पादन एवम क्षितिज मेन्याङ्बो (एनबि)को संगीतमा कृष्ण भक्त राईको स्वर रहेको छ ।

गीतको भिडियोमा सुशिल गिरी, साया भण्डारी, रोमा बिष्ट, गोपाल अधिकारी र बाल कलाकारमा युनिष गिरी तथा स्नेहा श्रेष्ठको दमदार अभिनय रहेको छ । नरेश ऐरको छायाँकन रहेको भिडियोमा तुलसी बाँस्कोटाको निर्देशन र सम्पादन रहेको छ ।



Loading...
loading...

Top