logo
  • Wednesday, January 29, 2020
  • वि.सं १५ माघ २०७६, बुधबार

लसुन खेती कसरी गर्ने ? कृषि तथा तरकारी खेती प्रविधि सम्बन्धि जानकारी

वि.सं १५ श्रावण २०७५, मंगलवार १४:३७
लसुन खेती कसरी गर्ने ? कृषि तथा तरकारी खेती प्रविधि सम्बन्धि जानकारी

लसुन खेती कसरी गर्ने ? कृषि तथा तरकारी खेती प्रविधि सम्बन्धि जानकारी

लसुन ( Garlic) Alliaceae परिवारमा पर्ने प्याज प्रजातिको मसला हो। परापूर्वकालदेखि नै लसुन पकवान र औषधिको रूपमा प्रयोग हुदै आएको छ। लसुनका पोटिहरू मिलेर बनेको दानो यसको बिरुवाको सबैभन्दा बढी प्रयोग हुने भाग हो भने पातसमेत प्रयोग हुन्छ।

एक पोटि मात्र फाल्ने लसुन बाहेक अरु लसुनका दानामा धेरै पोटिहरू हुन्छन। पोटिहरू काँचो वा पकाएर खाइन्छ वा औषधिको रूपमा प्रयोग गरिन्छ। यसको स्वाद पर्पर्याउने (pungent) हुन्छ तर जब पकाइन्छ यो केही गुलियो र स्वादिलो हुँदै जान्छ. यसको पात, जमिनमुनि रहेको काण्ड(पोटी) र फूल पनि खान योग्य हुन्छ । लसुनमा एन्टिअक्सिडेन्ट पाईने हुनाले यो निकै लाभदायक छ।

उत्पत्ती

लसुनको उत्पत्ती मध्य एसिया र दक्षिणी यूरोप भएको मानिन्छ। जातहरु: मार्फा लोकल, पठाने लोकल, गोरामे चउर नेपालमा लोकप्रिय स्थानीय जातका लसुन हुन। त्यस्तै एग्री फाउण्ड सेतो, यमुना सेफद, जि-५०, जि-५१, जि-२८२, एग्री फाउण्ड पार्वती, पन्जाब लसुन केही आयातित लसुनका जात हुन।

हावापानी

लसुन तुलनात्मक रुपमा चिसो मौसममा लागाईन्छ। यसले केही हद्सम्म तुसारो पनि खप्न सक्छ तर तापक्रम सुन्य डिग्रीभन्दा तल झरेमा बोट पहेंलिन थाल्छ। समुन्द्री सतहबाट १०० मिटर देखी ३००० मिटर उचाई सम्म लसुनको सफलता पूर्वक खेती गर्न सकिन्छ। मध्यम खाल्को हावापनी भएको स्थानमा यसको खेती २ पटक सम्म गर्न सकिन्छ। तराईमा हिउँद र मध्य पहाडमा हिउँदे एवम बसन्ते बालिको रुपमा लसुन्को खेती गर्न सकिन्छ। बोटको बानस्पतिक बिकासको लागि चिसो मौसम ( १०-२०डिग्री) एवम गानो बिकासको लागि केही न्यानो र सुख्खा मौसम ( १८-२५ डिग्री) उपयुक्त हुन्छ। तापक्रम २ डिग्री भन्दा तल झरेमा पात पहेँलिने र ब्रिदी बिकास रोकिन्छ। चाईनिज जातका लसुन नेपालको पहाडी भेग्मा १३५० मिटर भन्दा माथि लगाईन्छ र रोपने समय असोज कार्तिक उपयुक्त हुन्छ।

माटो

लसुन प्राय सबै खालको माटोमा खेती गर्न सकिन्छ। तापनी प्राङगारिक पद्धार्थ धेरै भएको र हल्का अम्लिय ( पि एच ५।८-६।८) प्रकारको माटो उपयुक्त हुन्छ। लसुन खेतिको लागि पानी नजम्ने स्थानको छनोट गर्नु पर्दछ।

मलखाद

लसुन खेतिको लागि भारी मात्रामा गोबर मलको आबश्यक्ता पर्दछ। रसायनिक मलको आबश्यक्ता मातोको उर्बरा शक्ती र कम्पोस्ट प्रयोगको मात्रामा पनि भर पर्दछ। करीब ३०-४० टन (१ टन = १००० केजी हुन्छ) कम्पोस्ट जमिन तयारीको अन्तिम चरणमा हाल्नु पर्दछ। रसायनिक मल ८० केजी नाइट्रोजन, ६० केजी फस्फोरस र पटासियम प्रती १ हेक्टरको( १ हेक्टर = ३० काठ्हा) लागि सिफारिस गरिएको छ।

बिउ दर

करीब ५००-६०० केजी लसुनको पोटी १ हेक्टरको लागि पर्याप्त हुन्छ।

रोप्ने तरिका

  • डिब्लिङ :- यस तरिकामा खेती गरिने जमिनलाई पहिला सानो सानो प्लटमा बाँडिन्छ जसले गर्दा सिंचाईमा सहयोग पुर्याउदछ। लसुनको केश्रा (बिउ) लाई ५-७।५ सेमीको सानो प्वालमा काण्ड निस्किने भागलाई माथि पारेर लगाईन्छ।
  • ड्याङ बनाएर रोप्ने :- सानो कुटोको सहयाताले ड्याङ बनाईन्छ। त्यस्पछी केश्रालाई तेही ड्याङमा लगाएर माथिबाट माटोले हलुका रुपमा छोप्ने गरिन्छ।
  • छर्ने बिधी :- यस बिधिमा जमिन तयार गरेपछी लसुनलाई जमिनमा छर्ने गरिन्छ र माथिबाट माटोले हल्का छोप्ने गरिन्छ।

लगाउने दुरी

१५ ं १०-१५ सेमी सिचाई: लसुनले पानी जम्ने अवस्था र खडेरी दुबै सहन सक्दैन त्यसैले १० देखी १५ दिनको अन्तरालमा ८०-९०% प्रतिसत माटोको चिश्यान स्थापित गर्नको लागि नियमित सिचाई गर्नु पर्दछ।

गोड्मेल

लसुनमा झारको खसै समस्या पर्ने गर्दैन तर झार देखिएको खण्डमा हटाउनु पर्दछ। यसका अतिरिक्त अन्य गोड्मेल आवश्यक पर्दैन।

स्याहार्ने समय

सामान्यतया लसुन रोपेको करीब १३०-१५० दिन भित्रमा स्याहार्नको लागि तयार हुन्छ।

सरसफाई

सुकाईसकेपछी गानोसँग टाँसिएको माटो तथा छुट्न लागेका बोक्राहरु हटाउनु पर्दछ।

भण्डारण

नेपालमा लसुनलाई किसानले आफ्नै घरमा भण्डारण गर्ने चलन छ। यस तरिका बाट लसुनलाई करीब ५-६ महिना सम्म सुरक्षित राख्न सकिन्छ। लसुन्लाई मुठा बनाई राम्ररी हावा खेल्ने, पानी नपस्ने र सुर्यको प्रतछ्य किरण नपर्ने स्थानमा सुरक्षित भण्डारण गर्न सकिन्छ।



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com