logo
  • Friday, October 30, 2020
  • वि.सं १४ कार्तिक २०७७, शुक्रबार

गजल: हासो लाग्छ।

प्रेम थापा वि.सं २९ आश्विन २०७७, बिहीबार २३:२०
गजल: हासो लाग्छ।

आजभोलि जन्मदिनलाई”बर्थ डे”भन्छन हासो लाग्छ।
बाहिर खान्छन् घर भित्र”आची ” गर्छन् हासो लाग्छ।

‘काउ’ ले “मिल्क” दिन्छ अरे ‘टि’मा”सुगर”हाल्ने भन्छन!
अङ्ग्रेजी! रे, आमाबुबा ‘ मख्ख ‘ पर्छन हासो लाग्छ ।

लुगा छैन दुई वित्ताको छोप्ने कुरा देखाइ हिड्छ्न ।
हेर्नेलाइ पो लाज लाग्छ , आखा तर्छ्न हासो लाग्छ।

सस्कृती र परम्परा कुन चराको नाम हो कुन्नि !
इज्जत भुली हदै सम्म, तल झर्छन हासो लाग्छ।

राङ्गो जत्रो बाइक चाइने, मोबाईल चै इट्टा जत्रो
आमाबुबा गन्हाउछन रे, पर सर्छन हासो लाग्छ ।

नाभि राम्रो झर्या छैन ‘ब्वाइफ्रैन्ड’ र ‘गर्लफ्रैन्ड’ अरे ।
‘लव’ मा “धोका” भयो भन्दै ‘झुन्डी’ मर्छन हासो लाग्छ।

प्रेम थापा
भैरवी गाउपालिका :५ दैलेख



Loading...
loading...

Top