logo
  • Monday, December 16, 2019
  • वि.सं ३० मंसिर २०७६, सोमबार

गाईगोरु संरक्षण गर्न सर्वोच्चको आदेश

स्टिम न्युज वि.सं २९ आश्विन २०७६, बुधबार ०८:३९
Blog single photo

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय जनावर गाईका बाच्छाबाच्छीको संरक्षणमा ध्यान दिन सरकारका नाममा परमादेश जारी गरेको छ ।

गाईगोरु र बाच्छाबाच्छीको संरक्षण हुनुपर्ने माग राखी दायर गरिको रिट निवेदनको सुनुवाइपछि सर्वोच्चले प्रदेश र स्थानीय तहको सहकार्यमा पशु संरक्षणको व्यवस्था मिलाउन निर्देशनात्मक आदेश जारी गरेको हो ।

गाईका बाच्छाबाच्छीको संरक्षणमा समस्या देखिएको भन्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले किसानले पालेका पशुपन्छीको तथ्यांक संकलन गर्न, सबै पशुको पहिचान हुन सक्ने गरी ‘ट्यागिङ’ गर्न र उनीहरूका समस्या पहिचान गर्न आदेश जारी गरेको छ ।




Top