पशुपति चलाउँदा प्रचन्ड सकिएझैं गुठि विधेयकले ओली सक्काउने गगन थापाको भनाइ

गुठि विधेयक
Advertisement

पशुपति चलाउँदा प्रचन्ड सकिएझैं गुठि विधेयकले ओली सक्काउने गगन थापाको भनाइ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले स्वर्गद्वारी चलाउँदा प्रधानमन्त्री केपी ओली सकिने चेतावनी दिएका छन् ।

सरकारले संसदमा दर्ता गराएको गुठी सम्बन्धी विधेयकको सन्दर्भमा उनले यस्तो भनाइ राखेका हुन् ।

पशुपतिनाथको मन्दिरका पुजारी चलाउँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सकिएको उनले चर्चा गरे ।

प्यूठानको बिजुबारमा भएको कांग्रेस सभालाई सम्बोधन गर्दै सांसद थापाले संस्कृतिमाथि प्रहार नगर्न चेतावनी दिए ।

गुठि विधेयक
प्युठानमा आयोजित नेपाली कांग्रेसको सभामा उपस्थित गगन थापा लगायतका नेताहरू

उनले गुठी सम्बन्धी विधेयकको चर्को विरोध गर्दै विधेयक संस्कृति र सम्पदा माथि आक्रमण गर्ने नियतले ल्याइन लागेको आरोप लगाए ।

उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनमोर्चा त्यागेर केही मानिसहरू कांग्रेसमा प्रवेश गरेका थिए ।

उनीहरुलाई डा. शेखर कोइराला र थापाले सदस्यता प्रदान गरेका थिए ।

उनले आफूहरु अहिले चुनाव हारे पनि त्यो म्यान्डेट स्वीकार गर्दै अर्को चुनाव जित्ने दाबी पनि गरे ।

कम्युनिस्टहरु धर्म, संस्कृति र सम्पदामा विश्वास गर्दैनन् भन्ने चरितार्थ भयो: सांसद केसी

काठमाडौं, जेष्ठ २९ । कम्युनिस्टहरु संविधान र कानुन मान्दैनन् भन्ने तथ्य चरितार्थ भएको नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राजेन्द्र कुमार केसीले यस्तो धारणा राखेका हुन् ।

आफूले स्कुल पढ्दा ‘कम्युनिस्टहरु धर्म मान्दैनन्, संस्कृति र सम्पदामा विश्वास गर्दैनन्, चाडपर्वमा विश्वास गर्दैनन्’ भन्ने कुरा सुनेको र बर्तमान कम्युनिष्ट सरकारको कदमले त्यो चरितार्थ भएको केसीको भनाइ थियो ।

सरकारले ल्याएको गुठीसम्बन्धी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सरकारले दमन गरेको भन्दै संसदमा कांग्रेस सांसदहरुले विरोध प्रकट गरेका थिए ।

विरोध पछि सभामुख कृष्णबहादुर महराले उनलाई बोल्न समय दिएका थिए ।

सांसद केसीले भने, ‘कम्युनिस्टहरु संविधान र कानुन पनि मान्दैनन् भन्ने आज चरितार्थ भएको छ ।’

सरकारले ल्याएको विधेयकले गुठीयारहरु आक्रोसित भएको उनले बताए ।

देशभरीका गुठीलाई समाप्त पार्ने र चाडपर्व र जात्रा परम्पराको सहरका रुपमा रहेको काठमाडौंको पहिचान मेट्ने प्रयास भएको भन्दै उनले विरोध गरे ।

विरोधमा उत्रिएका जनतालाई लाठी चार्ज गरेर शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने हक सरकारले खोस्न थालेको आरोपसमेत उनले लगाए ।

सांसद केसीले भने ‘नाङ्लो ठटाएर हात्ती तर्साउने खेल राजधानीबासीलाई सरकारले नदेखाओस् ’ ।

यसअघि संसदमा दर्ता भएको गुठीसम्बन्धी विधेयक कुनैपनि हालतमा स्वीकार्य नभएको कांग्रेसले बताएको छ ।

Facebook Comments