logo
  • Monday, September 28, 2020
  • वि.सं १२ आश्विन २०७७, सोमबार

बंगलादेशका नेपाली विद्यार्थी आन्दोलित, गगन थापा र दुर्गा प्रसाई माथी कारबाहीको माग

वि.सं १४ श्रावण २०७५, सोमबार १२:०९
बंगलादेशका नेपाली विद्यार्थी आन्दोलित, गगन थापा र दुर्गा प्रसाई माथी कारबाहीको माग

बंगलादेशका नेपाली विद्यार्थी आन्दोलित, गगन थापा र दुर्गा प्रसाई माथी कारबाहीको माग

१४ साउन, काठमाडौं । नेपाल स्टुडेन्ट युनियन, बंगलादेशले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई र पूर्वस्वास्थ्यमन्त्री गगन थापा माथी कारबाहीको माग गर्दै आन्दोलन को घोषणा गरेका छन् ।

युनियनआज ढाकास्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाउँदै कारबाही को माग गरेका हुन् ।उनीहरुले प्रसाईमाथि कानूनी कारबाही तथा थापाले माफी माग्नु पर्ने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

ज्ञापनपत्र बुझाउदै उनीहरुले आगामी दिनमा पनि यस्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउन सक्ने भन्दै त्यसलाई रोक्न कडा कानूनी व्यवस्था गर्न समेत सरकारसँग माग गरेको छ ।

युनियनले १७ गते ढाकामा सांकेतिक विरोध कार्यक्रम र  १८ गते ढाकास्थित दूतावासमा १२ बजेदेखि धर्ना दिने युनियन अध्यक्ष राजु साहले जानकारी दिए ।

प्रसाईले बंगलादेशमा मेडिकल शिक्षा अध्यययनरत महिला तथा थापाले त्यहाँको शिक्षाको गुणस्तरमाथि अभिव्यक्ति दिए  संगै दुवै बिबादमा तानिएका थिए भने कानुन मन्त्री शेर बहादुर तामांगले पद बाट राजिनामा दिएका थिए ।



Loading...
loading...

Top