logo
  • Sunday, September 27, 2020
  • वि.सं ११ आश्विन २०७७, आईतवार

फ्रेन्च लिग वानको पहिलो खेलमा पीएसजी पराजित

स्टिम न्युज वि.सं २६ भाद्र २०७७, शुक्रबार ०७:४३
फ्रेन्च लिग वानको पहिलो खेलमा पीएसजी पराजित

काठमाडौं: डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नयाँ सिजनको फ्रेन्च लिग वानमा पराजय ब्यहोरेको छ । बिहीबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन पीएसजी लेन्ससँग १–० गोलले पराजित भएको हो ।

लेन्सको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन इग्नाटिअस गनागोले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५७औं मिनेटमा गनागोले गरेको गोलगोल नै जितका लागि निर्णायक बन्यो ।

यससँगै पीएसजीले दुःखद सुरुआत गरेको छ । ऊ लेन्सविरुद्ध आफ्ना स्टार खेलाडीहरूविना नै मैदान उत्रिएको थियो ।

उसका स्टार नेयमार र किलियन एम्बाप्पेसहित ७ खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । र, उनीहरू आइसोलेशनमा रहेका कारण पीएसजी स्टार खेलाडीविहीन छ ।

जितसँगै १२औं स्थानको लेन्सले ३ अंक जोडेको छ । यसअघि ऊ नाइससँग पराजित भएको थियो ।



Loading...
loading...

Top