logo
  • Saturday, July 11, 2020
  • वि.सं २७ असार २०७७, शनिबार

रोट्रयाक्ट क्लब अफ पोखरा मिड टाउन द्वारा निशुल्क पानी वितरण

वि.सं १४ श्रावण २०७५, सोमबार २०:३३
रोट्रयाक्ट क्लब अफ पोखरा मिड टाउन द्वारा निशुल्क पानी वितरण

रोट्रयाक्ट क्लब अफ पोखरा मिड टाउन द्वारा निशुल्क पानी वितरण

रोट्रयाक्ट क्लब अफ पोखरा मिड टाउन द्वारा दोश्रो चरणको निशुल्क पानी वितरण कार्यक्रम सम्पन्न गरेको छ।  साउनको दोश्रो सोमबार पारेर उक्त क्लबले पोखराको श्रदा आयुर्वेदिक तेर्सापट्टि पोखरा मा पानी वितरण गरेको छ।

गत वर्ष देखि साउन महिनाको सोमबार बोलबम यात्री लक्षित गरेर पानी वितरण सुरु गरेको क्लबले यो वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिएको छ। क्लबले पहिलो सोमबार अर्थात साउन ७ गते सोहि स्थानमा पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको थियो साथै बाकि दुई सोमबार पनि यस कार्यक्रमले निरन्तरता पाउने उक्त क्लवका अध्यक्ष अच्युत पौडेलले स्टिम न्युजलाई बताए।

कल्बले आयोजना गरेको यस कार्यक्रम को संयोजन कम्युनिटी सर्भिस डाइरेक्टर रोट्रयाक्ट राम दाहाल तथा सह संयोजन रोट्रयाक्ट रुबी रञ्‍जित ले गर्नुभएको थियो। साथै कार्यक्रमको परिकल्पना तथा डिजाइन निबर्तमान अध्यक्ष निर्देशन किमार चुलाजु र सिनियर सदस्य कृष्ण तिम्सिनाले गर्नुभएको थियो।

यस कार्यक्रमलाई  रोट्रयाक्ट डीस्ट्रीक ३२९२ ले गत वर्ष आउट स्टान्डिंग कम्युनिटी सर्भिस प्रोजेक्टको रुपमा सम्मानित गरेको थियो



Loading...
loading...

Top