logo
  • Tuesday, May 26, 2020
  • वि.सं १३ जेष्ठ २०७७, मंगलवार

फ्रान्समा कोरोना संक्रमणबाट १३ हजार बढिकाे मृत्यु

स्टिम न्युज वि.सं २९ चैत्र २०७६, शनिबार ०४:४७
फ्रान्समा कोरोना संक्रमणबाट १३ हजार बढिकाे मृत्यु

काठमाडौँ। कोरोना भाइरस महामारीको चपेटामा रेहेको फ्रान्समा पनि मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ

फ्रान्समा शुक्रबार काेरोनाका कारण ९ सय ८७ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ कुल मृतक संख्या १३ हजार १ सय ९७ पुगको छ ।

वल्डोमिटर्सका अनुसार अहिलेसम्म फ्रान्समा १ लाख २४ हजार ८ सय ६९  कोरोनाबाट संक्रमित भएका छन् । जसमा शुक्रबार मात्रै ७ हजार १ सय २० नयाँ संक्रिमत थपिएका हुन् ।

अहिलेसम्म त्यहाँ २४ हजार ९ सय ३२ जना भने पूर्णरूपमा निको भइसकेका छन् । बाँकी ८६ हजार ७ सय ४० जनामा कोरोना सक्रिय रहेको छ, जसमध्ये ७ हजार ४ जनाको अवस्था भने गम्भीर रहेको छ ।



Loading...
loading...

Top