logo
  • Tuesday, July 7, 2020
  • वि.सं २३ असार २०७७, मंगलवार

नाइट क्लबमा पूर्व राजा र पूर्व युवराज्ञीको सप्राइज डान्स

स्टिम न्युज वि.सं २ मंसिर २०७६, सोमबार ०९:१०
नाइट क्लबमा पूर्व राजा र पूर्व युवराज्ञीको सप्राइज डान्स

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित ठमेलको एक नाइट क्लब पुगेर नाचगानमा सहभागी भएका छन्। शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी)पुगेर सबैलाई सर्प्राइज दिएका हुन् ।

प्रायः युवाहरु मात्र पुग्ने एलओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित युवाहरु आश्चर्यचकित बनेका थिए । अझ त्यसमाथि रातो र चन्द्र सूर्य गीतसँगै नाचेर पूर्व राजा शाहले अर्को सर्प्राइज दिएका थिए ।

शाहले नाचकै क्रममा आफ्नो लगाएको कोट पनि फुकाल्न पुगेका थिए। पूर्व राजाको साथमा हिमानी शाह पनि त्यही डान्स पार्टीमा सहभागी भई ससुरालाई साथ दिएकी थिइन्।

शाहको डान्स हेर्न नायिका रिमा विश्वकर्मा, केकी अधिकारी लगायतका नायिका पनि क्लबमा देखिएका थिए। उनले नाचगान सकेर त्यहाँ उपस्थितसँग सेल्फी पनि खिचेका थिए।

यसअघि पूर्व युवराज पारस शाह आफ्ना छोराछोरीसँग एलओडी पुगेका थिए । पूर्व राजा शाहले त्यहाँ उपस्थित युवाहरुसँग तस्विर र सेल्फी पनि खिचाएका थिए ।



Loading...
loading...

Top