logo
  • Wednesday, January 29, 2020
  • वि.सं १५ माघ २०७६, बुधबार

पूर्वी र पश्चिमी तराईंका जिल्लामा बाढीको खतरा, सतर्क रहन आग्रह

वि.सं १३ श्रावण २०७५, आईतवार १५:५५
पूर्वी र पश्चिमी तराईंका जिल्लामा बाढीको खतरा, सतर्क रहन आग्रह

पूर्वी र पश्चिमी तराईंका जिल्लामा बाढी को खतरा, सतर्क रहन आग्रह

काठमाडौं– आज (आइतवार)देखि तराईंका जिल्लामा भारी वर्षा गराउने बादल सक्रिय भएकाले बाढी आउने खतरा बढेको छ ।

उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको नेपाल बाढी सूचनाले पूर्वी र पश्चिमी तराईंका जिल्लामा बाढी आउने जनाएको हो ।

पूर्वी तराईंको मोरङ, सुनसरी, सप्तरी, मध्य नेपालको मकवानपुर, धादिङ, काठमाडौं र पश्चिम तराईंको बांके, बर्दिया, कैलालीलगायत जिल्लामा बाढी वर्षा गराउने बादल विकास भएको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

शाखाले आइतवार रातिदेखि भारी बर्षा हुने संभावना रहेकाले तटीय क्षेत्र र खोला किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com