उपचार सम्भव नभएपछि विरामीले गरे आत्मदाह

0
विरामीले गरे आत्मदाह
Advertisement

उपचार सम्भव नभएपछि विरामीले गरे आत्मदाह

उदयपुर / उदयपुरमा उपचारकाे अभावमा एक विरामीले आफैले आगो लगाएर आत्मदाह गरेका छन । उदयपुरगढी गाउँपालिका ४ का सातबोटे बस्ने बर्ष ४८ का शेरबहादुर कार्की (ख) ले बुधबार राती परालको गोठमा आगो लगाएर आत्म दाह गरेका हुन । पायल्स, जण्डिस र लिभरको बिरामी रहेका कार्कीले आत्मदाह गरेका हुन् ।

विरामीका आफ्न्तलाई डक्टरले पनि धेरै खर्च लाग्छ भनेर भनेको र उपचार गर्न नसकेर घर फर्कने क्रममा रौतामाई गाउँपालिकाको मुर्कुचीमा बास बसेको घर नजिकै परालको गोठमा आगोमा परि घाईते अवस्थमा गाउँलेले फेला पारेका थिए । गोठको आगोमा जलेको अवस्थामा गाउँलेहरुले उद्दार गरेर उपचारको क्रममा राती २ बजे जिल्ला अस्पताल गाईघाटमा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए ।

आगोमा जलेका मृतक कार्कीको साथमा विषादी औषधि समेत फेला परेकाले घटनाको विस्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख राईले बताए । श्रीमतीसँगै रहेका कार्कीले श्रीमतीलाई झुक्याएर गोठमा आगो लगाई आत्मदाह गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

Facebook Comments