logo
  • Tuesday, July 7, 2020
  • वि.सं २३ असार २०७७, मंगलवार

धरान स्थित टेलिकमको डिटिएस कोठामा आगलागी, सम्पूर्ण सामाग्रीहरु जलेर नष्ट

वि.सं १३ श्रावण २०७५, आईतवार ०६:०६
धरान स्थित टेलिकमको डिटिएस कोठामा आगलागी, सम्पूर्ण सामाग्रीहरु जलेर नष्ट

धरान स्थित टेलिकमको डिटिएस कोठामा आगलागी, सम्पूर्ण सामाग्रीहरु जलेर नष्ट

पानवारी । धरान बरगाछी नजिकै दशरथ पथमा रहेको नेपाल टेलिकमको डिटिएस कोठामा आगलागी हुँदा कोठमा भएका सम्पूर्ण सामाग्रीहरु जलेर नष्ट भएको छ ।

बद्री कटवालको घरको भूइतलामा रहेका डिटिएस कोठामा शुक्रबार राती १२ बजे एक्कासी पड्कीएको आवाज आएको र आगलागी भएको घरधनी कटवालले बताए । टेलिकमको डिटिएस कोठामा रहेका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको छ भने ४ तला माथि रहेको टावर भने सुरक्षित रहेको नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरका प्रबन्धक तथा निमित्त प्रमुख राम नरेश कुँवरले बताए । उनका अनुसार व्याट्रि, रेक्ट्रिफायर र मोबाइलका सामाग्रीहरु जलेर नष्ट भएको छ । क्षतिको बिवरण भने केन्द्रबाट प्राविधिको टोली आएर निरिक्षण गरेपछि मात्र थाहा हुने कुँवरले बताए ।

आगलागीबाट घरको ढोका, जलेको छ भने घरको गारो, पिलर र बिम समेत चर्किएर काम नलाग्ने भएको घरधनी बद्री कटवालले बताएका छन् । आगलागी पश्चात पनि सो क्षेत्रको नेपाल टेलिकमको मोबाइल सेवामा समस्या नभएको टेलिकम धरानका प्रमुख सञ्जीव घिमिरेले बताए । उनका अनुसार अहिले धरानमा ३० वटा डिटिएस रहेकोले नजिकको टावरहरुले त्यस क्षेत्रमा काम गरिहरेकोले समस्या नभएको हो ।

आगलागीको कारण र क्षतिको विवरण केन्द्रबाट आउने टोलीले मात्रै पत्ता लगाउने क्षेत्रीय प्रबन्धक कुँवरले बताए । उनले डिटिएस रुम टेलिकमको कार्यालयबाटै नियन्त्रण गर्ने गरेको भन्दै त्यसमा (आगलागी भएको) कुनै समस्या नरहेको र आगलागी भन्दा अगाडीसम्म राम्रो ट्राफिक रहेको बताए । विभिन्न सिस्टमले डिटिएस रुम सुरक्षित भए पनि यस प्रकृतिको आगलागी आफुले पहिलो पटक देखेको उनले दाबी गरे ।



Loading...
loading...

Top