logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

प्रेम र द्वन्द कथामा आधारित चलचित्र ‘शिवा’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

स्टिम न्युज वि.सं १८ भाद्र २०७६, बुधबार १७:२३
Blog single photo

काठमाडौँ । प्रेम र द्वन्द कथामा आधारित नेपाली कथानक चलचित्र ‘शिवा’को ट्रेलर सार्वजनिक भएको छ ।

ज्याक श्रेष्ठले निर्माण रहेको चलचित्रको  ट्रेलरमा अभिनेत्री सञ्चिता फिल्ममा पत्रकारको भूमिकामा रहेको प्रस्ट्याइएको छ । किशोर टाइटल क्यारेक्टरमा छन् ।

सुनिरा तम  कार्मंयकारी निर्माता रहेको चलचित्र मङ्सिर २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको छ । चलचित्रलाई  रामकाजी घिमिरेले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनकै हो । ज्याक श्रेष्ठले फिल्मको निर्माण गरेका हुन् ।

फिल्ममा विरेन्द्र भट्टको छायाकंन, राजु ढुंगानाको सम्पादन, कमल राई र लिगेश भट्टराईको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र रामकाजी घिमिरेले कथा तथा निर्देशन रहेको छ ।

त्यस्तै ,फिल्ममा किशोर र सञ्चितासँगै ज्याक श्रेष्ठ, निरज महर्जन, होम दवाडी, पूर्णिमा लामा, शम्भु गहतराज लगायतका थुप्रै कलाकारहरुले अभिनय गरेका छन् ।




Top