logo
  • Monday, December 16, 2019
  • वि.सं ३० मंसिर २०७६, सोमबार

फ्राइडे रिलिज : ‘सरौतो’, ‘लभ यू हमेशा’ र ‘मखमली मखमली आजबाट एक साथ् प्रदर्शनमा

स्टिम न्युज वि.सं १३ मंसिर २०७६, शुक्रबार १३:०८
Blog single photo

काठमाडौं। आज शुक्रबारदेखि नेपाली सिनेमा घरमा फिल्म ‘सरौतो’सहित अन्य दुई फिल्म प्रदर्शनमा आएका छन् । ‘सरौतो’संगै ‘लभ यू हमेशा’ र ‘मखमली मखमली’ गरी जम्मा तीन वटा फिल्म प्रदर्शनमा आएका हुन् ।

पटक–पटकको प्रदर्शन मिति हेरेफेरपश्चात प्रदर्शनमा आएको फिल्मलाई दर्शकले मन पराउने अपेक्षा गरिएको छ । ‘सरौतो’ छायांकारका रुपमा सुपरिचित हरि हुँमागाईको निर्देशकीय डेब्यू फिल्म हो । एक्सन–लभस्टोरी जनरामा निर्माण भएको फिल्ममा सुमी मोक्तान शिर्ष भूमिकामा छिन् ।

फिल्मका लागि सुमीले २ बर्ष मार्शल आर्टको तालिम लिएकी थिइन् । त्यस्तै ७ महिना सांकेतिक भाषाको तालिम लिएकी थिइन् । त्यसैले यो फिल्मबाट धेरैले आशा गरेका छन् ।

यो फिल्ममा सुमीसंगै विजय बराल, सन्नी सिंह, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, सम्पदा दाहाल, अरुणा कार्की लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

यता ‘लभ यू हमेशा’ त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म हो । फिल्मलाई भाष्कर प्रधानले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा यशराज गराच, फिजा योञ्जन, ऋचा थापा, शिशिर राणा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ ।

त्यस्तै ‘मखमली मखमली’ राजु गिरीको निर्देशनमा बनेको हो । सावित्रा चिलुवालले निर्माण गरेको फिल्मलाई नारी प्रधान भनिएको छ । फिल्ममा जयकिशन बस्नेत, शुभेच्छा थापा, शारदा गिरी, सविन वास्तोला, परि तामाङ्ग, सरोज दाहाल लगायतका कलाकारहरुको अभिनय छ ।




Top