logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

चलचित्र काले दाई को ट्रेलर सार्वजनिक (भिडियो सहित)

रासस वि.सं २४ भाद्र २०७६, मंगलवार १५:११
Blog single photo

काठमाडौँ:  नेपाली कथानक चलचित्र ‘काले दाई’ को ट्रेलर सार्वजनिक भएको छ । असोज १७ गतेबाट रिलिज हुने चलचित्रको नाम  ‘पर्व’ मा समावेश चर्चित गीत ‘काले दाई’ को शिर्षकलाई सापटी लिएर जुराइएको हो । सार्वजनिक ट्रेलरमा प्रेममा जातले उत्पन्न गराउने द्धन्दलाई देखाउन खोजिएको छ ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी रहेको छ ।

त्यस्तै चलचित्रमा इन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र शिव शर्मा निर्देशन रहेको छ ।

चलचित्रमा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतका थुप्रै कलाकारहरुको अभिनय रहेको छ ।




Top