logo
  • Tuesday, May 26, 2020
  • वि.सं १३ जेष्ठ २०७७, मंगलवार

तपाईं मुस्कुराउनुहोस तपाईं खुलेर जिउनुहोस् !! कोरोना आँफै हार्छ ।

वि.सं ८ जेष्ठ २०७७, बिहीबार ०८:४८
तपाईं मुस्कुराउनुहोस तपाईं खुलेर जिउनुहोस् !! कोरोना आँफै हार्छ ।

तपाईं मुस्कुराउनुहोस तपाईं खुलेर जिउनुहोस् !! कोरोना आँफै हार्छ । -इन्दु नेपाल योन्जन

-इन्दु नेपाल योन्जन

नमस्कार निम्न विषयमा केन्द्रीकृत हुदै आफ्नो विचार सम्प्रेषण गरेको छु । कृपया यसलाई थप चर्चा गर्नको लागि तपाईंको भनाइ (inputs) को पनि अपेक्षा गरेको छु ।। मुख्य २ कुरा यहाँहरूले पनि ध्यान दिनुपर्ने छ । 

  1. CoVID-19 कोरोना भाइरस सँगको सामाजिक घुलमिल (Social adjustment) लाई बढाउने ।
  2. सामाजिक भेदभाव तथा विभेद लाई हटाउने (Elimination of Social stigma and social discrimination) ।

CoVID-19 लाई निकै भयावह र डरलाग्दो बनाउने वा सोच्ने साथै आम मानिसमा मनोबैज्ञानिक ढंगमा विछिप्त बनाउने वातावरण लाई अन्त्य गरौं । यो एउटा फोक्सो सँग सम्बन्धित जटिल प्रकारको समस्या हो । यसले मानिसलाई भेटे पछि पुर्णरुपमा क्षति गर्छ वा मृत्युनै गराउछ भन्नु गलत हो । समयमा नै उपचार तथा नर्सिङ केयर व्यक्तिगतरुपमा वा कुनै स्वास्थ्य संस्थामा गर्न सकेको खण्डमा यसलाई निकोपार्न सकिन्छ । अत यो निकै ठुलो हाउगुजीजन्य समस्या भएता पनि उपचार गर्दा वा आफ्नो रोग प्रतिरोधात्मक क्षमतालाई अभिबृध्दि गर्दा निको हुने वा गर्न सकिने एउटा स्वास्थ्य समस्या हो ।

आज विश्व जगतमा वा नेपालमा पनि नियमित रूपमा क्वारेन्टाइनमा उपचार गरि घर फर्किएका व्यक्तिहरु प्रसस्तै ज्वलन्त उदाहरण हामी देख्न र भेट्न सक्छौ, जो हामी दैनिक विभिन्न संचार माध्यमबाट हेर्न वा थाहा पाउन सक्छौ । अबको अबस्था भनेको CoVID-19 कोरोना संक्रमण भएमा के गर्ने ? व्यक्तिगत, पारिवारिक, सामाजिक, आर्थिक वा नितिगत रुपमा कसरी छुटकारा पाउने वा रिकभर हुने त्यसमा केन्द्रीत हुन जरुरी देख्छु ।

एउटा जीवन यापन वा सामाजिक जीवनको पाटोको रुपमा यस रोगको अवस्था वा चुनौतीलाई अंगिकार गर्दै विस्तारै सहजता तर्फ उन्मुख हुदै यसलाई दैनिक जीवनमा के कसरी न्युनतम बनाउन सकिन्छ वा क्षति लाई सामान्यकरण गर्दै जीवन लाई सहजता तर्फ उन्मुख गर्न सकिन्छ । त्यो पाटो वाट सोच्न नितान्त आवश्यक भएको देखिन्छ । यसले CoVID-19 कोरोना भाइरस सँगको घुलमिल (adjustment) लाई बढाउने र हाल भईरहेको आर्थिक, सामाजिक तथा मानवीय भौतिक जीवनको पाटोलाई पुगेको क्षतिलाई विस्तारै मलम लगाउने र पुनर्जीवन दिने तर्फ पनि सोच्ने समय आएको महशुस भएको छ ।

CoVID-19 कोरोना भाइरस सँगको सामाजिक घुलमिल (Social adjustment) कसरी बढाउन सकिन्छ त भन्ने सन्दर्भमा कुरा गर्दा बर्तमन अवस्थामा हामीले प्रयोग गरिरहेको तथा अपनाउँदै आईरहेको केहि व्यक्तिगत व्यवहार (individual attitude) लाई निरन्तरता दिन सकिन्छ वा त्यसलाई जीवन र जगतको एउटा भागको रुपमा विकास तथा स्थापना गर्दै स्थायित्व बनाउन सकिन्छ । जस्तो : माक्स सदैव प्रयोग गर्ने, साबुनपानीले सदैव हातमुख धुने, ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्ने र सामाजिक तथा भौतिक दुरि कायम गर्ने ।

साथै CoVID-19 का संक्रमित बढे सँगसँगै यसको उपचार तथा व्यवस्थापन गर्ने अवस्थामा सामाजिक विभेद (Social stigma) पनि बढेको हामीले देखिरहेका छौ यसमा तपाई हामीले विभिन्न पत्रपत्रिका, संचार माध्यम तथा सामाजिक संचार ( Social Media) का माध्यम वाट सम्प्रेषण गर्ने सुचना वा समचारहरुनै निकै भारी भएको हामी देखिरहेका छौं । अत संचारकर्मिहरुले त्यसलाई गहन अध्ययन गरेर मात्र समचार प्रेसीत गर्दा गोपनियता उल्घंन नहुने तथा सामाजिक रुपमा हुने विभेद (social discrimination) घट्ने जस्ता कुराकाे केहि हदसम्म उजागर हुनेकुरामा निश्चिन्त हुने अवस्था सृजना हुने थियो ।

 आज भोलि भन्दाभन्दै तपाईं हाम्रो घरको मुलढोका सम्म CoVID -19 कोरोना भाईरस आईसकेको छ । यसले कुनै पनि विभेद र पक्षपात विना नै तपाईं हाम्रो शरिरलाई माया गर्ने वा हाम्रो घरको मुलढोका भन्दा भित्रसम्म छिर्न सक्छ भन्ने कुरा मनन गर्दै यस रोगबाट बच्न र बचाउन तपाईं सम्पूर्णमा हार्दिक नमन गर्दछु ।।

लेखक  बिजयपुर हस्पिटल प्रा.लि.धरानका प्रमुख अस्पताल प्रशासक हुनुहुन्छ ।



Loading...
loading...

Top