logo
  • Tuesday, May 26, 2020
  • वि.सं १३ जेष्ठ २०७७, मंगलवार

फिफा बरियतामा नेपाल महिला टीम दुई स्थान तल झर्दै ९९ औँ स्थानमा

स्टिम न्युज वि.सं १५ चैत्र २०७६, शनिबार ०२:४६
फिफा बरियतामा नेपाल महिला टीम दुई स्थान तल झर्दै ९९ औँ स्थानमा

काठमाडौं । फिफा बरियतामा नेपालको राष्ट्रिय महिला फुटबल टिम दुई स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनीक गरेको नयाँ बरियतामा नेपाल दुई स्थान तल झर्दै ९९औँ स्थानमा पुगेको हो । यसअघि नेपाल ९७ स्थानमा रहेको थियो ।

नेपालको महिला टिमले १२ सय अंक प्राप्त गरेको छ । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा विजेता बनेको भारत ५५ औँ स्थानमा रहेको छ । दुई स्थान सुधार गर्दै भारतले दक्षिण एसियाली वरियतामा पहिलो नम्बरमा यथावत रहन सफल भएको हो ।

यस्तै, बंगलादेश १ सय ३४ औँ स्थान, श्रीलंका १ सय ४० औँ स्थान, माल्दिभ्स १ सय ४२ औँ र भुटान १ सय ५४ औँ स्थानमा छन् । पाकिस्तान भने वरियता विहीन छ ।

विश्व वरियतामा अमेरिका पहिलो स्थानमा छ । यस्तै जर्मनी दोस्रो, फ्रान्स तेस्रो ,नेदरल्याण्ड चौथो, स्विडेन पाँचौँ, इग्ल्याण्ड छैठौँ, अष्ट्रेलिया सातौँ, ब्राजिल आठौं, क्यानडा नवौँ र दक्षिण कोरिया १० औँ स्थानमा रहेका छन् ।



Loading...
loading...

Top