logo
  • Sunday, October 20, 2019
  • वि.सं ३ कार्तिक २०७६, आईतवार

फिफा विश्व वरियतामा नेपाल चार स्थान तल झर्यो, दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा

वि.सं ३१ जेष्ठ २०७६, शुक्रबार १७:३३
Blog single photo

फिफा विश्व वरियतामा नेपाल चार स्थान तल झर्यो, दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा

काठमाडौं- जेष्ठ ३१ । फिफा विश्व वरियतामा नेपाल चार स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६५औं स्थानमा रहेको छ ।

यसअघि, नेपाल १६१औं स्थानमा थियो ।

फिफाद्वारा सार्वजनिक नयाँ वरियता अनुसार दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ ।

नेपाल भन्दा माथि भारत १०१औं र माल्दिभ्स १५१औं स्थानमा छन् ।

बंगलादेश १८३औं, भुटान १८६औं, श्रीलंका २०१औं र पाकिस्तान २०३औं स्थानमा छन् ।

नेपालले दुई साताअघि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत मलेसियासंग २–० को हार बेहोरेको थियो ।

चाइनिज ताइपेइसंग भने  १–१ गोलको बराबरी खेलेको थियो ।

विश्व वरियतामा बेल्जियम पहिलो स्थानमा रहेको छ ।

विश्वकप बिजेता फ्रान्स दोश्रो स्थानमा रहदा,

ब्राजिल, इंग्ल्यान्ड, पोर्चुगल, क्रोएसिया, स्पेन, उरुग्वे, स्वीट्जरल्यान्ड र डेनमार्क क्रमशः तेस्रोदेखि दशौं स्थानमा रहेका छन् ।




Top