नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा आफ्नै बाबु पक्राउ

0
छोरीलाई बलात्कार, किशोरीको बलात्कार,सामुहिक बलात्कार
Advertisement

नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा आफ्नै बाबु पक्राउ

धरान । आफ्नै छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा धरान–१७ का एक व्यक्ति पक्राउ परेका छन् ।
केही वर्ष अघि श्रीमतीले छाडेर अर्कैसँग हिडेपछि घरमा बाबु–छोरी मात्र रहेका थिए ।

बाबुले मादक पदार्थ सेवन गरेर आफ्नी ९ वर्षिय छोरीलाई पटक पटक बलात्कार गर्दै आएको खुलेको छ । पीडितकी ९ वर्षिय बालिकाले पीडा सहन नसकेर काकीलाई आफ्नो बाबुले गरेको कर्तुत सुनाएपछि काकीले प्रहरीलाई खबर गरेकी थिइन् ।

बालिकालाई धरान–१४ बस्ने तेजबहादुर कार्कीले समेत पैसा दिएर जबरजस्ती गरेको भन्ने पीडित बालिकाले बताएपछि कार्कीलाई समेत प्रहरीले पक्राउ गरी अनुन्धान गरिरहेको छ । पीडित बालिका र अपराधीको शारिरीक परिक्षण गराई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले बताए ।

पीडित बालिकालाई उदृढ गर्दैै डिएसपी तिम्सिनाले भने आफ्नै बाबुले मादक पदार्थ सेवन गरेर राती छोरीलाई पटक पटक बलात्कार गर्ने गरेका थिए । बालिकाले आफ्नो पीडा काकीलाई सुनाएपछि घटना बाहिर आएको हो ।

Facebook Comments