logo
  • Sunday, February 23, 2020
  • वि.सं ११ फाल्गुन २०७६, आईतवार

फसाउने फर्मूला बन्दै ‘अभद्र व्यवहार’ मुद्दा, धेरैमाथि कारबाही गराउनेमध्ये प्रहरी पनि

स्टिम न्युज वि.सं २३ माघ २०७६, बिहीबार ०८:२९
फसाउने फर्मूला बन्दै ‘अभद्र व्यवहार’ मुद्दा, धेरैमाथि कारबाही गराउनेमध्ये प्रहरी पनि

काठमाडौं। मुलुकी अपराध संहिताको दफा ११८ (१)मा उल्लेख गरिएको ‘अभद्र व्यवहार’सम्बन्धी कानुन प्रहरी र पहुँचवालाले प्रतिशोध साँधी सर्वसाधारण जो कोहीलाई फसाउन सकिने सजिलो ‘फर्मूला’ बनेको छ। सामान्य भनाभन, झैझगडा, रुखो व्यवहार, आमने–सामने हुने कुराकानीलाई पनि ‘अभद्र व्यवहार’ को सजाय माग गर्दै प्रहरीमा जाहेरी दिनेको संख्या बढ्दो छ। घटनाको प्रकृति र जाहेरीलाई हेर्दा जाहेरीकर्ताले नै प्रतिशोध र फसाउने नियत राखेको पाइएको छ।

यसअघिका अभद्र व्यवहार सम्बन्धि कारबाहीलाई हेर्दा प्रहरीले पनि प्रतिशोध राखेको देखिएको छ। प्रतिशोध साधेर अभद्र व्यवहारमा धेरैमाथि कारबाही गराउनेमध्ये प्रहरी पनि छन्। आइतबार त्रिभुवन विमानस्थलमा कार्यरत एक कर्मचारी र प्रहरीबीच सामान्य भनाभन भएपछि प्रहरी कर्मचारीले प्रतिशोध राख्दै महानगरीय प्रहरी परिसर जावलाखेलमा अभद्र व्यवहारको कारबाही माग गर्दै जाहेरी दिएका थिए। जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधबार ती कर्मचारीलाई एक दिन हिरासतमा राखि ९ हजार धरौटीमा रिहाइ गरेको थियो।

माघ १ गते त्रिभुवन विमानस्थलको चेकिङ कक्षमा कार्यरत प्रहरी जवान रमीता श्रेष्ठ र गायिका आस्था राउतबीच भनाभन भयो। प्रहरी महिलाले आफूमाथि अभद्र व्यवहार भएको दाबीसहित महानगरीय प्रहरी परिसर काठमाडौंका जाहेरी दिइन्। एकदिन हिरासतमा बसेपछि गायिका राउत चार हजार धरौटीमा रिहाई भइन।

गायक भिटेन भनिने समीर घिसिङसँग गीतको बारेमा सोधपुछ गर्ने क्रममा प्रहरीलाई नै अभद्र व्यवहार गरेको भन्दै कात्तिक ७ गते प्रहरीले भिटेनविरुद्ध महानगरीय अपराध महाशाखामा मुद्दा दर्ता गराएर प्रहरीले कारबाही गरेको थियो।

प्रहरीले नै नियत राखेर गरेका केही अभद्र व्यवहारका कारबाहीका दृष्टान्त हुन् यी। प्रहरी वा माथिल्लो निकायका व्यक्तिले अभद्र व्यवहारसम्बन्धि कानुनको फाइदा लिएर कारबाही थालेको कानुनी अधिकारीहरुको बुझाई छ। अधिवक्ता सरोज गिरीले प्रहरी वा राज्यका माथिल्लो निकायका व्यक्तिले कोहीप्रति सनक चढ्यो भने यसै कानुनमा टेकेर फसाउन सक्ने बताए। उनका अनुसार कसैलाई नियन्त्रणमा लिई दुःख दिनलाई प्रहरीले आफै अपनाउन सक्ने सहज ‘फर्मूला यही कानुन बनेको छ। याे खबर नागरिक दैनिकमा छ ।



Loading...
loading...

Top