logo
  • Thursday, April 2, 2020
  • वि.सं २० चैत्र २०७६, बिहीबार

फेसबुक, ट्वीटर, युट्युवमा विज्ञापन गर्नु गैरकानुनी, तत्काल नरोकिएको कारवाही गरिने

स्टिम न्युज वि.सं १८ माघ २०७६, शनिबार ०६:१७

काठमाडौंः अबदेखि फेसबुक, ट्वीटर, युट्युव, इन्टरनेट जस्ता सामाजिक सञ्जालमा विज्ञापन नपाइने भएको छ ।

यसरी विज्ञापन गरेर अनौपचारिक रुपमा विदेशमा पैसा पठाइएकाले तत्काल नरोकिएको कारवाही गरिने राष्ट्र बैंकले बताएको छ ।

यस्तो कार्य गैरकानुनी भएको भन्दै कसैले यस्ता माध्यममा विज्ञापन गरेमा कारबाही गर्ने केन्द्रीय बैंकले शुक्रबार सूचना जारी गर्दै जानकारी गराएको हो ।

सामाजिक सञ्जालमा विज्ञापन गरी अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी भएको राष्ट्र बैंकको भनाई छ ।

विशेषगरी सामाजिक सञ्जालमार्फत बैंक, वित्तीय संस्था, होटल रेष्टुराँ लगायत अन्य कर्पोरेट संस्थाले विज्ञापन गर्दै आएका छन् ।

यसबाट सरकारले प्राप्त गर्ने अरबौं रुपैयाँ राजस्वसमेत गुमेको अनुमान हुँदै आएको छ ।

यसरी गरिने विज्ञापनका लागि राष्ट्र बैंकले सटही सुविधा दिंदैन । यसर्थ, यो गैरकानुनी कार्य भएको राष्ट्र बैंकको भनाई छ ।

यसरी विज्ञापन गर्दा मुद्रा अपचलनको कारवाही समेत हुन सक्ने देखिएको छ ।

 



Loading...
loading...

Top