वाइडबडी खरिद गर्ने काम मन्त्रीको नभएको पूर्वमन्त्री शाहीको भनाई

0
वाइडबडी खरिद
Advertisement

वाइडबडी खरिद गर्ने काम मन्त्रीको नभएको पूर्वमन्त्री शाहीको भनाई

काठमाडौं । पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीले वाइडबडी खरिदको छानबिन प्रतिवेदन अपरिपक्व रहेको बताउनु भएको छ । सर्वोच्च अदालतले विमान खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन सम्मत रहेको फैसला गरेको बताउँदै उहाँले उपसमितिले प्रतिवेदन पेश गर्न हतार गरेको दाबी गर्नुभयो ।

क्यापिटल एफएमसंग कुरा गर्दै मन्त्री शाहीले आफ्नो कार्यकाल ४ महिनामात्रै रहेकाले दोष लगाउनुको कुनै कारण नभएको बताउनुभयो । विमान खरिदमा मन्त्रीभन्दा पनि सम्बन्धित विज्ञ टोलीको बढी जिम्मेवारी हुने उहाँको भनाई छ । उहाँमाथि सार्वजनिक खरिद कानुन विपरित विमानखरिद प्रक्रिया अघि बढाइएको, पर्यटन सचिवलाई निर्देशन दिन नसकेको र बैना रकम सटहीमा यथेष्ठ सतर्कता नअपनाएको आरोप छ ।

पूर्वमन्त्री शाहीले छोटो कार्यकालमा ठूलो नैतिक जिम्मेवारी उठाउन नसकिने बताउनु भएको छ । कांग्रेस नेता समेत रहेका शाहीले उपसमितिको प्रतिवेदनमा विश्वास गर्न नसकिने भन्दै विमान खरिद प्राविधिक टोली र खरिद सम्झौता भएको कम्पनीको कागजपत्र चेकजाँच गर्नुपर्ने बताउनुभयो । संसदीय छानविन उपसमितिले शाहीपनि दोषी देखिएको भन्दै कानुनसम्मत कारबाहीका लागि सिफारिस गरेको छ ।

Facebook Comments