logo
  • Friday, November 22, 2019
  • वि.सं ६ मंसिर २०७६, शुक्रबार

बेलायतको नयाँ प्रधानमन्त्रीमा जोन्सन

वि.सं ७ श्रावण २०७६, मंगलवार १९:५४
Blog single photo

बेलायतको नयाँ प्रधानमन्त्रीमा जोन्सन

काठमाडौं, साउन ७ । बेलायतमा बोरिस जोन्सन नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताको लागी भएको निर्वाचनमा अर्का प्रत्यासी जेरेमी हन्टलाई हराउदै विजयी भएसँगै जोन्सनलाई बेलायतको प्रधानमन्त्री बन्न बाटो खुलेको हो ।

दलका करिब एक लाख ६० हजार सदस्यले गरेको मतदानको निर्णय लण्डनमा सार्वजनिक गरिएको हो । परिणाम सार्वजनिक भएलगत्तै नयाँ नेताका रूपमा जोनसनले पार्टी पंक्तिलाई सम्बोधन गरेका थिए ।

यसअघि दलका वरिष्ठ नेताहरूले लण्डनका पूर्वमेयरसमेत रहेका बोरिस जोनसनको नेतृत्वमा सरकारमा सहभागी नहुने बताएपछि हन्ट जीतको दाबेदार मानिएका थिए । यसक्रममा मे सरकारका अर्थमन्त्री फिलिप ह्यामन्ड र कानूनमन्त्री डेविड गेउकले जोनसन प्रधानमन्त्री भए पदबाट राजीनामा दिने बताएका थिए ।

त्यस्तै, जोनसनको सम्भावित जीतबारे पूर्वानुमान गर्दै विरोध स्वरुप विदेशमन्त्री सर एलन डन्कनले पहिले नै राजीनामा दिइसकेका छन् । पार्टीभित्रको विवाद तथा ब्रेक्जिटका कारण बेलायतका नयाँ प्रधानमन्त्री जोनसनको कार्यकाल त्यती सहज हुने देखिँदैन ।

जोन्सनले ९२ हजार १५३ मत पाउँदा हन्ट विदेश मन्त्रीसमेत रहेका हन्ट भने ४६ हजार ६५६ मत पाएका छन् । जोन्सनले नयाँ प्रधानमन्त्रीका रुपमा बुधबार पद सम्हाल्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

‘ब्रेक्जिट’सम्बन्धी नीतिमा पटक–पटक विफल भएपछि वर्तमान प्रधानमन्त्री टेरिजा मेले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।




Top