logo
  • Thursday, November 21, 2019
  • वि.सं ५ मंसिर २०७६, बिहीबार

एकल महिलालाई यौन दुव्यवहार गरेको आरोपमा प्रहरी चाैकीका इञ्चार्चमाथि उजुरी

स्टिम न्युज वि.सं २ कार्तिक २०७६, शनिबार १६:०८
Blog single photo

धरान : एक एकल महिलालाई यौन दुव्यवहार गरेको आरोपमा एक असई बिरुद्द किटानीसहित ठाडो उजुरी दर्ता भएको छ ।

बोल्न नसक्ने एक महिलालाई करणी गरेको भन्दैं धरान–४ स्थित पत्रांवारीमा रहेका अस्थायी प्रहरी चौकीमाा कार्यरत असई पिताम्बर अधिकारी बिरुद्द स्थानीय एक महिलाले किटानीसहित ठाडो उजुरी दिएकी  हुन् ।

असई अधिकारी मादक पदार्थ सेवनको उजुरी परेपछि केही दिन अघि इलाका तानिएका थिए। फेरी गम्भीर प्रकृतिको उजुरी आएको हुदा  अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालयले बताएको छ ।

शनिबार प्रहरीले ४ नं वडा कार्यालयका सदस्य धनबहादुर कुलुङको रोहबरमा मुचुल्का उठाएको छ । यस विषयमा इप्रका धरानले अनुसन्धान गरीरहेको  एक प्रहरी अधिकृतले जानकारी दिएका छन् ।

ती अधिकारी पत्रांंवारीमा  हुदा स्थानीयहरुसँग असुली गर्ने, रक्सीले मातेर मथ्थु भएर हिड्ने गरेको स्थानीयले बताएका छन् ।




Top