logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

EDV 2021 को आवेदन खुल्यो, घरमा बसि बसि सित्तैमा भर्नु सिक्नुहोस (भिडियो समेत)

स्टिम न्युज वि.सं १५ आश्विन २०७६, बुधबार २१:५०
Blog single photo

काठमाडौं: सन् २०२१ को डाइभर्सिटी भिसा (EDV) कार्यक्रमको लागि आवेदन दर्ता खुलेको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार आवेदन दर्ता नोभेम्बर ५ , २०१९ (२०७६कात्तिक १९) मा बन्द हुनेछ ।

अमेरिकाको आप्रवासी ऐन (इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार डिभी मार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा जनाइएको छ।

डिभीको लागि  आवेदन दिँदा कुनै पनि शुल्क तिर्न नपर्ने दूतावासले जानकारी गराएको छ। त्यस्तै, आवेदन भर्दा कन्सल्टेण्टको सहयोग नलिन आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिन दूतावासले सल्लाह दिएको छ।

फर्म भर्ने अवधिमा www.dvlottery.state.gov मा गई ई-डिभीको आवेदन फारम भर्नु पर्नेछ । आवेदनमा आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ।

फर्म भर्दा फोटो भने हालसालै खिचिएको हुनुपर्ने छ अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । साथै यही बर्ष देखी पासपोर्ट नं. पनि अनिवार्य उल्लेख गर्नु पर्नेछ । सबै विवरणसहित फर्म भरेर सबमीट गरिसकेपछि कन्फर्मेसन नम्बरसहितके पत्र प्रिण्ट  गर्नुपर्छ जसको आधारमा डिभी परे नपरेको थाहा पाउन सकिन्छ ।

तर डिपेन्टेन्टमा जानेका लागि भने यो आवश्यक छैन। यसैगरी कम्युनिस्ट देशका नागरिक र देशविहीनहरूका लागि पनि इन्टरनेशनल ट्राभल पासपोर्ट नम्बर नचाहिने आवेदनको सूचनामा उल्लेख छ।

१. पूरा नाम – थर, नाम, बीचको नाम । आफ्नो नाम राहदानीमा लेखिए अनुरूप दुरुस्त लेख्नुहोस् ।
२. लिङ्ग – पुरुष वा महिला ।
३. जन्म मिति – दिन, महिना, वर्ष ।
४. जन्मिएको शहर ।
५. जन्मिएको देश – देशको नाम आफ्नो जन्मस्थलका रूपमा हाल प्रयोग भइरहेका स्थान हुनुपर्दछ ।६. डिभी कार्यक्रमका लागि योग्यताप्राप्त देश – सामान्यतया, तपाईँजन्मिएको देश नै तपाईँको लागि डिभीको लागि योग्यताप्राप्त देश हुनेछ । तपाईँ हाल जहाँ बसोबास गरिरहनुभएको छ, तपाईँको लागि डिभीको लागि योग्यताप्राप्त देशसँग त्यसको सम्बन्ध छैन । यदि तपाईँ डिभी कार्यक्रमका लागि योग्य नरहेको देशमा जन्मिनुभएको हो भने तपाईँसँग अन्य विकल्प रहे नरहेको बारे जानकारी लिन कृपया बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।

७. फोटो(हरू) – आफ्नो, आफ्नो पति-पत्नी तथा आवेदनमा उल्लिखित सबै सन्तानको हालै खिचिएको फोटो ( पछिल्लो छ महिनामा खिचिएकोहुनुपर्ने) । फोटोसम्बन्धी मापदण्डका लागि डिजिटल फोटोबुझाउनेसम्बन्धी हेर्नुहोस् । यदि तपाईँको पति-पत्नी अमेरिकी नागरिक वा वैध स्थानीय बासिन्दा हो भने तपाईँले उनीहरूको फोटो राख्न जरुरी छैन तर राख्नुभएको खण्डमा पनि तपाईँको आवेदन भनेरद्द हुने छैन । सामूहिक फोटो स्वीकार हुने छैन ।

प्रत्येक व्यक्तिको छुट्टै फोटो राखिनुपर्दछ । यदि फोटो पछिल्लो छ महिनामा नखिचिएको, मिलाइएको वा तल उल्लेख गरिए अनुरूपका आवश्यकताहरू पूरा नभएको खण्डमा तपाईँको आवदेन रद्द हुनसक्छ वा तपाईँलाई भिसा जारी नहुन सक्छ । थप जानकारीका लागि डिजिटल फोटो बुझाउनेसम्बन्धीमा हेर्नुहोस् ।

८. चिठी पठाउने ठेगाना – नाम ठेगाना शहर,गाउँ जिल्ला, देश, प्रान्त, राज्य हुलाकी कोड, जिप कोड देश
९. हाल बसोबास गरिरहनुभएको देश ।
१०. फोन नम्बर (ऐच्छिक) ।
११. ईमेल ठेगाना – आफ्नो प्रत्यक्ष पहुँच भएको ईमेल ठेगाना उपलब्ध गराउनुहोला । यदि तपाईँको आवेदन छनोटमा परेमा र तपाईँले आवेदन प्रक्रिया अवस्था Entrant Status Check मार्फत उत्तर पठाउनुभएमा तपाईँले अमेरिकी विदेश मन्त्रालयबाट ईमेलमार्फत आवेदन प्रक्रिया अवस्था (Entrant Status Check) मा तपाईँको आप्रवासी भिसाको अन्तर्वार्ताको विवरण उपलब्ध हुने जानकारी प्राप्त गर्नुहुनेछ । अमेरिकी विदेश मन्त्रालयले तपाईँ डिभी कार्यक्रमका लागि छनोट हुनुभयोभनेर तपाईँलाई कहिल्यै पनि ईमेल पठाउने छैन । छनोट प्रक्रियाबारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।

१२. हालसम्म हासिल गर्नुभएको शिक्षा :

१) प्राथमिक विद्यालय मात्र, (२) माध्यमिक विद्यालय तर पूरा नगरेको, (३) माध्यमिक विद्यालय पूरा, (४) व्यावसायिक विद्यालय, (५) विश्वविद्यालयमा केही कक्षाहरू लिएको, (६) विश्वविद्यालयको डिग्री हासिल गरेको, (७) केही स्नातक तहका विषयहरू पढेको, (८) स्नातकोत्तर,

(९)केही विद्यावारिधी तहका विषयहरू पढेको, र (१०) विद्यावारिधी हासिल । शैक्षिक आवश्यकताहरूबारे थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।१३. वर्तमान वैवाहिक स्थिति – अविवाहित, विवाहित तर मेरा पति/पत्नी अमेरिकी नागरिक वा अमेरिकी वैध स्थायी बासिन्दा (एलपीआर) होइनन्, विवाहित र मेरा पति/पत्नी अमेरिकी नागरिक वा अमेरिकी एलपीआर हुन्, सम्बन्धविच्छेद, विधवा, वा कानुनी रूपमा अलग्गिएर बसेको ।

आफ्नो पति/पत्नीको नाम, जन्म मिति, लिङ्ग, जन्मिएको शहर/नगर र जन्मिएको देश, र मापदण्ड मिल्ने फोटो हाल्नुहोस् ।योग्य पति/पत्नीकोनाम उल्लेख नगरिएको खण्डमा डाइभर्सिटी भिसाका प्राथमिक आवेदकका रूपमा तपाईँको आवेदन अयोग्य ठहरिनेछ र भिसा अन्तर्वार्ताका बेला जारी गरिनुपर्ने कुनै पनि भिसा जारी गरिने छैन । यदि तपाईँले भिसाको लागि आवेदन गर्नुभन्दा अगाडि नै सम्बन्धविच्छेद गर्ने योजना बनाउनुभएको छ भने पनि आफ्नो पति वा पत्नीको विवरण उल्लेख गर्नु पर्दछ ।

यदि पति-पत्नी अमेरिकी नागरिक हो वा वैध स्थायी बासिन्दा हो भने उनीहरूलाई भिसा आवश्यक पर्दैन वा जारी गरिने छैन । तर उनीहरूको नाम उल्लेख गरिएको खण्डमा तपाईँको आवेदनमा कुनै असर पर्ने छैन । परिवारिक सदस्यसम्बन्धी थप जानकारीका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् ।१४. सन्तानको सङ्ख्या – तपाईँका २१ वर्ष मुनिका अविवाहित सन्तान तपाईँसँगै बस्ने भए या नभए तापनि वा तपाईँसंयुक्त राज्य अमेरिका आप्रवासन गर्ने बेला सँगै जाने मनासय राखेका भए या नभए तापनि वा पछि अमेरिका गई तपाईँसँगै बस्ने मनासय राखेका भए या नभए तापनि तपाईँले हरेकको नाम, जन्म मिति, लिङ्ग, जन्म शहर/नगर र जन्म देश उल्लेख गर्नु पर्दछ । आफूले बुझाउनुभएको फोटोको मापदण्डसँग मिल्ने गरी हरेक सन्तानको छुट्टाछुट्टै फोटो बुझाउनुहोस् ।निम्न लिखित अनिवार्य समावेश गर्नुहोला :

– सबै जिवित प्राकृतिक सन्तान,
– तपाईँले कानुनी रूपमा ग्रहण गर्नुभएको सबै जीवित धर्मसन्तान, र
– तपाईँले आवेदन भर्दाको समयमा २१ वर्ष मुनि रहेका अविवाहित सौतेला सन्तानको विवरण पनि समावेश गरिनुपर्दछ चाहे तपाईँसो सन्तानको आमा वा बुबासँग कानुनी रूपमा विवाहित रहनुभएको होस्वा नहोस्र चाहे तपाईँसँग बसोबास गरेको होस् वा नहोस् र वा तपाईँसँग आप्रवासन गर्ने हुन् वा नहुन् ।विवाहित सन्तान र तपाईँले आवेदन पेश गर्दा २१ वर्ष पुगेका वा त्यसभन्दा बढी उमेर भएका सन्तान डाइभर्सिटी भिसाका लागि योग्य हुने छैनन् ।

तर केही अवस्थामा चाइल्ड स्टेटस प्रोटक्शन ऐन नामक अमेरिकी कानुनले उमेर पुगिसकेका सन्तानलाई पनि छुट प्रदान गर्दछ । यदि तपाईँले आफ्नो अविवाहित सन्तान २१ वर्षको उमेर नुपग्दै आवेदन बुझाउनुभएको थियो र भिसा जारी हुने समयभन्दा अगाडि सो सन्तान २१ वर्ष पुगेमा उसलाई चाइल्ड स्टेटस प्रोटेक्शन ऐन अन्तर्गत २१ वर्ष मुनिकै उमेर ठहर भई उसको भिसाउपर कार्यवाही हुनेछ ।

अमेरिकी नागरिक वा वैध स्थायी बासिन्दाका रूपमा रहेका सन्तान डाइभर्सिटी भिसाका लागि योग्य हुँदैनन् । यद्यपि उनीहरूको नाम उल्लेख गर्नुभएमा वा छुटाउनुभएमा तपाईँको आवेदनलाई कुनै असर पर्दैन । डिभीका लागि योग्य सम्पूर्ण सन्तानको नाम उल्लेख नगरिएको खण्डमा प्राथमिक आवेदक डिभीको लागि अयोग्य ठहरिनेछ र भिसा अन्तर्वार्ताका बेला जारी गरिनुपर्ने कुनै पनि भिसा जारी गरिने छैन ।

डि.भी. का लागि छनोटमा परे/नपरेको थाहा पाउनको लागि कुनै फोन र इमेल नआउने र त्यस्ता हल्लाका पछाडि नलाग्न दूतावासले सचेत गराएको छ। रिजल्ट थाहा पाउनको लागि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर राख्नुपर्छ।

डि.भी. कार्यक्रमसम्बन्धी थप जानकारीका लागि www.dvlottery.state.gov वा काठमाडौंस्थित अमेरिकी दूतावासको  वेबसाइट https://np.usembassy.gov/visas/immigrant-visas जान दूतावासले सल्लाह दिएको छ।

डि भी घरैमा कसरी भर्ने तरिका भिडियोमा हेर्नुस




Top