logo
  • Monday, November 18, 2019
  • वि.सं २ मंसिर २०७६, सोमबार

अमेरिकामा पुन: शक्तिशाली भूकम्प

वि.सं २१ असार २०७६, शनिबार १२:२३
Blog single photo

अमेरिकामा पुन: शक्तिशाली भूकम्प

लस एन्जल्स: अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा फेरि शक्तिशाली भूकम्प गएको छ।अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार राति ८ बजेर १९ मिनेट मा ७.१ म्यागनिच्युटको भूकम्प गएको हो। भूकम्पले अहिले सम्म कुनै मानविय क्षति भएको जानकारी आएको छैन। भूकम्पको झट्का आधा मिनेटसम्म महसुस गरिएको एपीले जनाएकाे छ।

भूकम्पको झट्का मेक्सिकोमा पनि महसूस गरिएको थियो। अमेरिकाको स्वतन्त्रता दिवसको दिन नै आएको उक्त भूकम्प सो क्षेत्रमा दुई दसकयताकै शक्तिशाली मानिएको छ। सो भूकम्पको झट्का नेभादा राज्यको लास भेगाससम्म महसुस गरिएको थियो। साना परकम्प आइरहेका छन्।

यसअघि पनि शुक्रबार क्यालिफोर्नियको लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। अमेरिकाको स्वतन्त्रता दिवसको दिन नै आएको उक्त भूकम्प सो क्षेत्रमा दुई दशकयताकै शक्तिशाली मानिएको छ। सो भूकम्पको झट्का नेभादा राज्यको लास भेगाससम्म महसुस गरिएको थियो। साना परकम्प आइरहेका छन्।




Top