logo
  • Monday, December 16, 2019
  • वि.सं ३० मंसिर २०७६, सोमबार

अब इसेवा बाट सागकाे टिकट, यस्ताे छ टिकट दर

स्टिम न्युज वि.सं १२ मंसिर २०७६, बिहीबार २१:४३
Blog single photo

काठमाडौं। नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा १३औं दक्षिण एसियाली खेलकुद (साग)का टिकट साझेदार भएकाे छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले  इसेवालाई टिकट साझेदार बना एपछि अब दर्शकले इसेवाबाट टिकट लिएरमात्र खेलहरु हेर्न पाउनेछन् ।

इसेवाका सीइओ रोशन लामिछानेले टिकट अनलाइनबाटै लिनुपर्ने बताउँदै यसबाट सुरक्षा संवेदनशीलता र पारदर्शी हुने बताए ।

टिकट बिक्रीको रकममध्ये १५ प्रतिशत इ–सेवाले पाउने र त्यसबाट ७ प्रतिशत रकम सेवा विशेषका लागि कुनै संस्थालाई राहत उपलब्ध गराउने जनाइएको छ ।

यस्ताे छ टिकटकाे दर रेट

सागका भलिबल, फुटबल, क्रिकेट र बास्केटबलका लागि टिकट शुल्क निर्धारण गरिएको हो । जस अनुसार दशरथ रंगशालामा हुने फुटबलका लागि ‘राउन्ड रोबिन’का खेलको प्रतिटिकटको दर साधारण पारापिटतर्फ ५०० र भीआइपीतर्फ एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।

फुटबल फाइनलमा भने साधारणतर्फ एक हजार र भीआइपीतर्फ दुई हजार रुपैयाँको टिकट शुल्क निर्धारण गरिने जनाइएको छ ।

त्यस्तै भलिबल र बास्केटबलका लागि ५०० रुपैयाँ क्रिकेटमा नेपालको खेल भएको दिन ५०० र अरु खेलमा २०० रुपैयाँ प्रतिटिकट शुल्क तोकिएको छ ।




Top