logo
  • Thursday, August 22, 2019
  • वि.सं ५ भाद्र २०७६, बिहीबार

बीस लाख बढीले खोले इ-सेवामा खाता, देशभर ५५ हजार एजेन्ट

वि.सं ६ श्रावण २०७६, सोमबार १५:३६
Blog single photo

बीस लाख बढीले खोले इ-सेवामा खाता, देशभर ५५ हजार एजेन्ट

काठमाडौँ । नेपालीहरु पछिल्ला दिनमा विभिन्न सेवा तथा किनमेलको भुक्तानी मोबाईल तथा इन्टरनेटमार्फत गर्न अभ्यस्तहुन् थालेपछि नेपालको पहिलो पेमेन्ट गेटवे ‘इसेवा’ मा एकाउन्ट खोल्नेको संख्या २० लाख नाघेको छ ।

हाल इसेवाका देशभर करिब ५५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) छन् । त्यसैगरी इसेवामा रहेका मर्चेन्टको संख्या पनि २५ हजारभन्दा बढी पुगेको छ । यता इ-सेवाको मोबाइल एप्स डाउनलोड गरि कारोबार गर्नेको संख्या १३ लाख पुगेको छ। देशभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङमार्फत करिब एक करोड व्यक्तिले इसेवाका सेवा लिइरहेका छन् ।

‘हामीले डिजिटल ट्वान्टी–ट्वान्टी भन्ने महत्वाकांक्षी योजना अगाडी सारिरहेको अवस्थामा इसेवामा मात्र खाता खोल्नेको संख्या २० लाख पुग्नुले अत्यन्त खुसी तुल्याएको छ । यसबाट हामी क्यासलेस सेसाइटी निर्माणको बाटोमा नजिक–नजिक पुगिरहेका छौँ भन्ने थप पुष्टि भएको छ,’ इसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले भन्नुभयो ।

सन् २००९ को २५ जनवरीमा सूरु भएको इ-सेवाबाट घरमै बसी-बसी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल–कलेजको शुल्कलगायत सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

पछिल्लो समय विभिन्न रेष्टुरेन्ट, होटल, किराना पसलदेखि विभिन्न डिपार्टमेन्टल स्टोरसम्म इसेवाको ‘क्युआर कोड’मार्फत् रकम भुक्तानी गर्न सकिने भएपछि मर्चेन्टको संख्या ह्वात्तै बढेको हो । पान पसलदेखि ठुला डिपार्टमेन्टल स्टोरसम्म क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने सुविधालाई इसेवाले आक्रामक रूपमा बढाउँदै लगेको छ ।




Top