logo
  • Wednesday, September 18, 2019
  • वि.सं १ आश्विन २०७६, बुधबार

आजदेखि दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढ्यो

स्टिम न्युज वि.सं २१ भाद्र २०७६, शनिबार ०६:५४
Blog single photo

काठमाडौं: दूधको मूल्य आज देखि प्रतिलिटर ६ रुपैया बढेको छ । नेपाल दुग्ध विकास संस्थानका अनुसार शनिबारदेखि उपभोक्ताले हाल तिर्दै आएको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले बढी अर्थात प्रतिलिटर ७६ रुपैयाँ तिर्नुपर्ने  छ । ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार दुधको मूल्य लिटर ६ रुपैयाँ बढाउन दुग्ध विकास संस्थानलाई पत्राचार गरेपछि शनिबारबाट लागु हुनेगरी दुधको मूल्य बढेको हो  ।

दुधको मूल्य बढाउन किसानहरुले आन्दोलन नै गरेपछि कृषि मन्त्रालयले समिति नै गठन गरेर अध्ययन गरेको थियो । समितिले चैतदेखि भदौंसम्म लिटरमा १० रुपैयाँ र भदौंदेखि चैतसम्म लिटरमा ६ रुपैयाँ मूल्य बढाउन सकिने प्रस्ताव गरेको थियो । सोहि अनुसार दुधको मूल्य बढाएको हो ।

संस्थानकाअनुसार बढेको मूल्यको ४ रूपैयाँ १६ पैसा किसानले पाउने छन् भने १ रूपैयाँ ८४ पैसा डेरी व्यवसायीले पाउनेछन्।




Top