logo
  • Monday, August 19, 2019
  • वि.सं २ भाद्र २०७६, सोमबार

बिभिन्न देशका ३१ यात्रु सवार बस दुर्घटना हुँदा दुबईमा १७ जनाको मृत्यु

वि.सं २४ जेष्ठ २०७६, शुक्रबार १६:१७
Blog single photo

बिभिन्न देशका ३१ यात्रु सवार बस दुर्घटना हुँदा दुबईमा १७ जनाको मृत्यु

एक पर्यटकीय बस दुर्घटनामा परि दुबईमा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

बिहीबार ३१ जना यात्रु सवार रहेको बस शेख मोहम्मद बिन जाएद रोडमा राखिएको एक सङ्केत चिह्नमा ठोक्किन पुग्दा १७ जनाको ज्यान गएको र अन्य घाइते रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएकाहरू विभिन्न देशका नागरिक भएको बताइएको छ ।

उक्त दुर्घटनामा आठ भारतीय नागरिकहरूको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।

घाइतेहरू मध्य पनि केही भारतीय नागरिकहरू रहेको र उनीहरूको उपचार भइरहेको बताइएको छ ।

दुबई स्थित भारतीय दूतावासले मृत्यु भएका आफ्ना नागरिकहरूको नाम सार्वजनिक गरेको छ । उसले मृतकका परिवारसँग आफ्नो सम्पर्क रहेको जनाएको छ ।

अरू मृतकहरू कुन कुन देशका रहेका भन्ने बारे भने थप जानकारी प्राप्त भएको छैन ।

दुर्घटनामा परेको बस ओमानी बस कम्पनी म्वासलातको रहेको बताइएको छ ।

म्वासलात कम्पनीले मस्कट र दुबईबीच आफ्नो बससेवा सञ्चालन गर्दै आएको थियो ।

यस दुर्घटना लगत्तै उक्त कम्पनीले अर्को सूचना प्रकाशित नभएसम्मका लागि मस्कट र दुबईबीच आफ्नो बससेवा स्थगित गरेको छ ।

दुबई प्रहरीले सामाजिक सञ्जाल ट्विटरमा दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

“>

दुर्घटनाको कारणबारे आधिकारिक रूपमा केही नबताइएको भए पनि दुबई प्रहरीका प्रमुख अब्दुल्लाह खलिफा अल-मार्रीले सवारीसाधन चलाउँदा सानो गल्ती वा लापरबाही हुँदा नराम्रो परिणाम आउने बताउदै चालकको गल्ती तर्फ संकेत गरेका छन् ।

दुर्घटनामा पचास वर्ष आसपासका चालक घाइते रहेको र उनको उपचार भइरहेको बताइएको छ ।

त्यस्तै दुर्घटनाबारे अनुसन्धान सुरु भएको बताउदै स्थानीय सञ्चारमाध्यमहरूले उचाइको सीमितता सम्बन्धी जानकारी दिन राखिएको सङ्केत चिह्न छल्न खोज्दा सो बसको दिशा अकस्मात् परिवर्तन भएको र छानो चिरिएको भनि प्रारम्भिक जानकारी दिएका छन् ।

Top