logo
  • Tuesday, January 21, 2020
  • वि.सं ७ माघ २०७६, मंगलवार

अन्तत: तोडियो डा. केसीको १५ औ आमरण अनसन, के के भयो सहमती?

वि.सं १० श्रावण २०७५, बिहीबार २३:०१
अन्तत: तोडियो डा. केसीको १५ औ आमरण अनसन, के के भयो सहमती?

अन्तत: तोडियो डा. केसीको १५ औ आमरण अनसन, के के भयो सहमती?

काठमाडौं / अनसनरत डा केसीले २७ दिन पछी अनसन तो भएका छन । सरकार र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा सुधारका मागमा सहमति भएपछी उनले अनसन तोडेका हुन् । उनको अनसन माथेमा र नेम्वाङले जुस पियाएर तोडेका थिए।

डा केसी अनसनरट टिचिङ अस्पतालमा सरकार पक्षसंग २२ बुँदे सहमतिमा हस्ताक्षार भएको छ। समझदारीअनुसार  १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्न नपाइने, अध्यादेशअनुसार नै  चिकित्साशास्त्र विधेयक ल्याइने, विगतमा भएका सहमतिको कार्यान्वयन गर्नेलगायतका बुँदा रहेका छन् । 

यो सहमतिसँगै डा.केसीले राखेका अधिकांश माग पूरा भएका छन्।

 अनसन तोडिएसँगै केसीलाई त्रिवि शिक्षण अस्तालकै आइसीयुमा भर्ना गरिएको छ । आज दिनभर केसीको माग बारे सहमति जुटाउन वार्ता भएको थियो । पहिला सरकारी वार्ता टोली र केसी पक्षीय वार्ता टोलीबीच वार्ता भएकोमा त्यसबाट सहमति जुट्न नसकेपछि बिहिबार साँझ अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रम केपी शर्मा ओलीकै उपस्थितिमा भएको वार्ताले सहमति जुटाएको हो ।  



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com